☰ open Loading... 19 June 2024|  

सल्यान शाखाको अध्यक्षमा शर्मा
  | १३ फाल्गुन २०७३, शुक्रबार १८:२०

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । अधिवेसनले शाखा सल्यानको अध्यक्षतमा प्रतिक ईच्छुक शर्मालाई सर्बसम्बद चयन गरेको हो ।


यस्तै उपाध्यक्षमा भरत बस्नेत, महिला उपाध्यक्षमा प्रगतीकुमारी गिरी, सचिबमा शंकर केसी, सह–सचिबमा शिबलाल डाँगी, समाबेसी सह–सचिबमा भिमबहादुर परियार र कोषध्यक्षमा योगराज बिश्वकर्मा निर्बिरोध चयन भएका छन् ।

यस्तै सदस्यहरुमा खुल्ला तर्फ भक्त बहादुर केसी, ईश्वरी केसी, वीरेन्द्र डिसी, टिका केसी, कृष्णबहादुर वली, पूर्णचन्द्र शर्मा रहेका छ्न । यस्तै जनजाती सदस्यमा बुद्धिमान पुन, महिला तर्फ सरिता चलाउने, र अस्मिता गिरीलाई सर्बसम्बत चयन गरिएको जनाईएको छ ।

यस्तै प्रदेश सभासदमा जनक भण्डारी, प्रधुम्न उपाध्यय, मिना कुढाथोकी, धिरज रावत, शनत कुमार शर्मा, प्रकाश रेग्मी, नबिन पौडेल, राजेश शर्मा, टिकाराम भण्डारी, दिपक कुमार शर्मा र तिलकराज वली चयन भएका छन ।

यस्तै केन्द्रिय सभासदमा जितप्रसाद आचार्य, चन्द्रकला बुढाथोकी, टेकराज शाही, रेशम डिसी, युवराज रेग्मी, सुरेश श्रेष्ठ, रमेश वली, जिकन बिसी, डिल्लीराज रावत र पुरुवोत्तम गिरी सर्बसम्बत चयन भएको निर्वाचन अधिकृत सिपि वलीले जानकारी दिए ।