☰ open Loading... 26 October 2024|  

डोजरले च्याप्दा एक जनाको मृत्यु
  | १३ फाल्गुन २०७३, शुक्रबार १९:०४

स्वर्गद्वारी ८ सिर्पगैरामा डोजरले च्याप्दा घटनास्थलमै एक जनाको मृत्यु भएको छ। स्वर्गद्वारी–होलेरी सडक मर्मतका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको डोaजर दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको हो ।  दुर्घटनामा परी पुरन्धारा १ दाङ निवासी अन्दाजी २२ बर्षीय गोपाल केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

फायल तस्वीर

मृतक केसीलाई सोही स्थानमा सडक मर्मतको काम गर्दै गर्दा डोजरले च्यापेको प्यूठानका प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौँरले जानकारी दिए। डोजर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको उनले बताए ।

मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको राठौँरले जानकरी दिए। चालक पुरन्धारा–३ दाङका डम्बरबहादुर वली प्रहरीको नियन्त्रणमा छन् ।