☰ open Loading... 18 May 2024|  

बर्दियामा बाघलाई ठक्कर दिई मार्ने बस कब्जामा, चालकलाई उन्मुक्ति
  | १४ फाल्गुन २०७३, शनिबार १९:२८

गत पुस ६ गते बेलुकी करिब ७ बजे । धनगढीबाट काठमाडौं हिंडेको ना ४ ख २८८७ नम्बरको सूदूरपश्चिम यातायातको रात्री बस तिब्र गतिमा कोहलपुरतिर हुँइकिरहेको थियो ।

मरेको बाघको तस्बिर ।

चिसापानी पुलबाट बर्दियाको करेलियासम्म निकुञ्जको क्षेत्र पर्छ र त्यहाँ कुनै पनि बेला वन्यजन्तु वारपार गर्न सक्ने र दुर्घटना हुनसक्ने भएकाले प्रति घण्टा ४० किलोमिटर दूरीको मापदण्ड तोकिएको हुन्छ ।

त्यसको वास्ता नगरी गोपालबहादुर बोहराले हुँइक्याएको उक्त बसले राजमार्गको कुवाभारमा पाटे बाघलाई ठक्कर दियो ।