☰ open Loading... 26 October 2024|  

सुर्खेत क्याम्पसमा मतदान जारी
  | १८ फाल्गुन २०७३, बुधबार ११:३८

सुर्खेत । देशभरीका त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा आज मतदान जारी छ । यसैविच, सुर्खेतका ८ विद्यालयहरु मध्य ७ क्याम्पसहरुमा पनि मतदान जारी रहेको खवर छ । सुर्खेत क्याम्पस शिक्षामा बुधबार विहान ७ बजेबाट शुरु हुने भनिए पनि मतदान ९ बजेबाट शुरु भएको छ । व्यवस्थापनमा ढिलाई भएकाले मतदान गर्न केही ढिलाई भएको निर्वाचन समितिको भनाई छ ।

सुर्खेतमा रहेका त्रिभुवन विश्वविद्यालय अन्र्तगतका सात क्याम्पस मध्य अमरदीप क्याम्पस बाहेक सुर्खेत क्याम्पस शिक्षा, जनता बहुमुखी क्याम्पस विद्यापुर, सिम्ता बहुमुखी क्याम्पस राकम, गुर्भाकोट बहुमुखी क्याम्पस सहारे, भेरी शिक्षा क्याम्पस गुमी र हिमशिखर बहुमुखी क्याम्पस रामघाट रहेका छन् ।

यसैविच सुर्खेत शिक्षा क्याम्पसमा सातवटा विद्यार्थी संघ–संगठनहरु   चुनावमा सहभागीता जनाएका छन् । १० स्वतन्त्र विद्यार्थी युनियन पदाधिकारी लागि ५९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सुर्खेत क्याम्पस शिक्षामा एक हजार ८५७ जना मतदाता छन् । मतदान साँझ ५ बजे सम्पन्न हुने स्ववियु निर्वाचन समितिका अधिकृत दिपक सापकोटाले जानकारी दिए । उनका अनुसार मतदान सम्पन्न भएपछि आजै साँझबाट मतगणना शुरु हुनेछ ।