☰ open Loading... 26 October 2024|  

मेसीले फोनको संकेत गरेपछि विश्वभर हंगामा
  | २३ फाल्गुन २०७३, सोमबार ०९:३९

काठमाडौं । मैदानमा लियोनेल मेसी गोलका परिचित नाम हो । झन् गोलमा उनको कलात्मक शैलीले धेरैलाई जिब्रो टोक्न बाध्य पार्छ । तर, गएराती स्पेनिस लालिगामा सेल्टाभिगोविरुद्ध उनले गरेको गोलपछिको ‘सेलिब्रेसन’ शैलीले विश्वभर तहल्का मच्चाएको छ ।

खेलको २४ औं मिनेटमा मेसीले मैदानको बीचभागबाट एक्लै लगेर जाली चुमाएको गोलपछि उनको सेलिब्रेसन शैलीलाई अन्तर्राष्ट्रिय मिडियाले विभिन्न अन्दाजमा प्रस्तुत गरेका छन् । उनको दोस्रो गोल पनि उत्तिकै दर्शनीय थियो ।
यो हेर्नुस् स् मेसीले फेरि गरे सनसनीपूर्ण गोल  (भिडियोसहित)

https://www.youtube.com/watch?v=B5_zL2L_QWw

एकल प्रयासमा गोल गरेपछि भिआपी लाउन्सतर्फ जब मेसीले फोनको शैलीमा संकेत गरे यसले धेरैलाई छक्क पार्यो । यस अघिका गोलमा दुवै हात माथि लगेर गोलको खुशी मनाउने मेसीको शैली फेरिएपछि अनेक टिकाटिप्पणी हुन लागेका हुन् ।

स्पेनिशपत्रिकाले जनाए अनुसार बार्सिलोनामा मेसीले मागे जति रकममा उनको नवीकरणलाई दबाब दिन मेसीले यसरी फोनको संकेत गरेको उल्लेख छ ।

बार्सा छोडेर म्यानचेस्टर सिटी जाने हल्ला चलिरहँदा मेसीको यो संकेतलाई झनै महत्वका साथ हेरिएको छ । क्लबका अध्यक्ष जोसेफ मारियासँग पछिल्लो समय मेसीको सम्बन्ध राम्रो नभएपछि उनले दबाब दिन यस्तो संकेत गरेको पनि अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।ा