☰ open Loading... 3 May 2024|  

मधेसी मोर्चाले मृत घोषणा गरेका यादव अस्पतालको बेड नं १० मा उपचाररत
  | २४ फाल्गुन २०७३, मंगलवार १२:५८

मधेसी मोर्चाले सप्तरीको राजविराजमा भएको झडपमा परी मृत्यु भएको दावी गरेका दिगम्बर यादवको अहिले अस्पतालमा उपचार भइरहेको छ । यादवको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको हो । अस्पतालका अनुसार यादवको ढाडमा गोली लागेको र सर्जरी वार्डको १० नम्बर बेडमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक तिलक गिरीले दिगम्बर यादवको सर्जरी वार्डको बेड नम्बर १० मा उपचार भइरहेको बताए । उनले भने, ‘दिगम्बर यादवको ढाडमा गोली लागेकाले उपचार भइरहको छ, १८ जना घाइतेलाई उपचार गर्न ल्याएको थियो, तीन जनाको मृत्यु भयो, सात जना डिसचार्ज भइसकेका छन, यादव सहित ८ जनाको उपचार भइरहेको छ ।’

प्रहरीका अनुसार सप्तरीको झडपमा प्रहरीको गोली लागेर संजन मेहता, आनन्द साह, र पिताम्बर लाल मण्डलको मृत्यु भएको थियो ।