सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतले काठ आपुर्ति सहज गरेपछि काठ तस्करी घट्दै गएको छ । कार्यालयले काठ तस्करको सञ्जाल निस्तेज पार्न गस्ती बढाउन र कार्यालयले आपूर्तिको काठलाई सहज रुपमा नागरिकलाई वितरण गरेपछि काठ तस्करीमा ओरालो लागेको हो ।
यस अघि जिल्लामा रहेका सामुदायिक वनहरुबाट तस्करहरुले उपभोक्ताहरुको घरमा चोरी बाटोबाट काठ पु¥याउने गरेका थिए । जिल्ला वन कार्यालय सुर्खेतमा जिल्ला वन अधिकृत हेमराज विष्ट आएपछि हाल काठ तस्कर हुने तथ्याङ्क ओरालो लागेका छ । ‘कार्यालयमा आपुर्तिको काठ सहज रुपमा भित्राउन नसक्दा तस्कारले फाइदा उठाउने गरेका थिए’ वन अधिकृत हेमराज विष्ट भन्छन्,–‘कार्यालयमा काठ मागका लागि निवेदन परेका व्यक्तिलाई सहजै काठ उपलव्ध गराउन थालेपछि तस्कारको मनोबल गिरेको छ ।’
यस अघि वन कार्यालयमा नागरिकले काठको लागि निवेदन दिएको करिब साढे १ वर्षपछि मात्रै आपुर्ति हुने गरेको थियो । तर कार्यालयले हाल काठ माग लागि निवेदन दिने नागरिकहरुले दुई महिना भित्र काठ उपलव्ध गराउन आपुर्तिमा सहजता ल्याएको अधिकृत विष्टले जानकारी दिए । काठ मागको कार्यालयमा निवेदन धेरै आएपनि आवश्यकतालाई मध्यनजर गरेर आपुर्ति गरिरहेको विष्टको भनाई छ ।
नागरिकहरुको आवश्यकता अनुसार काठ परिपुर्ति गर्दा तस्करीमा ओरालो लागेको बताएका विष्टले अझै यो कार्यलाई सहज बनाउन आफूहरु जुटेको उल्लेख गरे । आर्थिक वर्ष ०७१÷०७२ भन्दा ०७२÷०७३ बढी काठ आपूर्ति भएको रेकर्ड जिल्ला वन कार्यालयसंग छ । ०७१।०७२ मा तीनसय क्यू फिट काठ ढुवानी भएकोमा पछिल्लो वर्ष सात हजार सातसय क्यू फिट काठ बढी भएको अधिकृत विष्टले जानकारी दिए ।
वन कार्यालयले चालु आर्थिक वर्षमा मात्रै १२ हजार क्यू फिट काठ स्थानीयहरुलाई दिने लक्ष्य राखेको छ । चोरी निकासीलाई न्यूनिकरण गर्न आपुर्तिमा वृद्धि गरेको अधिकृत विष्टको भनाई छ । ‘आपुर्ति कम गर्दा काठ चोरीमा संग्लन व्यक्तिहरुले नागरिकहरुकै घरमा पु¥याइ दिन्थ्ये, आपुर्तिलाई बढाएपछि घट्न्े क्रम जारी छ, पूरै शुन्यमा झार्न कार्यालय जुटेको छ’ विष्टले भने ।
चालु आर्थिक वर्षको आठ महिनासम्म कार्यालयले झण्डै २ हजार क्युफिट काठ आपुर्ति गरिसकेको छ । वन कटानी गर्ने सिजन शुरु हुन लागेकाले कार्यालयले अझै काठ आपूर्तीलाई बढाउन लागेको विष्टले बताए । काठ तस्कर बढ्नुमा माग धेरै हुनु र जिल्ला वनबाट आपुर्ति सीमित भएकाले पनि तस्करहरुको मनोवल बढेको कार्यालयले बतायो ।
सदरमुकाम वीरेन्द्रनगरमा बढी काठ लेखपराजुलबाट तस्कार हुने गरेको छ । वीरेन्द्रनगरमा चोर बाटोबाट काठ तस्कर हुने मुख्य प्वाइन्छ बाङ्गेसिमल, बामे खोला र सुब्बाकुना हुन । आपूर्ती बढाएसंगै काठ तस्कर रोक्न नियमित गस्ती, सुराकी परिचालन र सामुदायिक वनहरुलाई सजक गराउने कार्यक्रमलाई पनि निरन्तर दिएको विष्टको भनाई छ । चोर बाटोबाट आउने काठमा गुणस्तर नहुने भएकाले कार्यालयबाट नै सहज रुपमा काठ खरिद गर्न वन कार्यालयले आग्रह समेत गरेको छ ।
हाल जिल्ला वन कार्यालयले काठ आपुर्ति समिति, सामुदायिक वन, मिलमार्पmत सहज रुपमा आपुर्ति गरिरहेको छ । कार्यालयमा प्रयाप्त मात्रामा साधन स्रोत, जनशक्ति नहुदाँ भनेजति माग अनुसारको काठ आपुर्ति गर्न नसकिएको विष्टले जानकारी दिए । गत आर्थिक वर्षमा जिल्ला वन कार्यालयले वन तस्करी सम्बन्धी ४५ ओटा मुद्दा दर्ता गरेको थियो ।
यो मध्य ३६ ओटा जिल्ला वन कार्यालयले नै फैसला गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म काठ तस्करी सम्बन्धी ९ ओटा मुद्दा परेका छन् । यी मध्य ७ ओटा जिल्ला अदालतमा विचाराधिन छन भने २ ओटा जिल्ला वन कार्यालयले अनुसन्धान गरिरहेको छ । चालु आर्थिक वर्षमा मात्र जिल्ला वन कार्यालयले १ हजार १३६ क्यू फिट काठ बरामद गरेको छ ।