सुर्खेत । नेकपा एमालले थालेको मेची–महाकाली राष्ट्रिय अभियान कसैका बिरुद्ध नभएको टिप्पणी नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पुर्व पर्यटन मन्त्री यामलाल कंडेलले गरेका छन । संबिधान कार्यान्वयन, निर्वाचनलाई सफल पार्न र स्वाभिमान राष्ट्रिय एकता तथा सामाजिक सद्भावका लागी नेकपा एमालेले यो अभियान थालेको कंडेलले स्पष्ट पारेका हुन् ।
सोही अभियान अन्तरगत पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका स्तरिय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता कंडेलले शान्तिपुर्ण ढङ्गबाट अगाडि बढेको मेची–काली अभियनमा केहि मधेशवादी नेताले हस्तक्षेप गर्नु दुःखद् भएको उल्लेख गरे ।
उनले एमालेको जनलहर देखेर आफूलाई मधेशवादी हुँ भनेर उदण्ड मच्चाउने व्यक्तिले अभियान विथोल्ने र शिर्षस्थ नेतृत्वमाथी आक्रमण गर्ने योजना गरेको बताए । शीर्षस्थ नेतामाथी आक्रमण गर्नेलाई सरकारले कार्वाही नगरेर रमिते बनेको आरोप कंडेलको थियो । नेपाल विरोधी गतिविधि सञ्चालन गरेर एमाले कार्यकर्ता माथि प्रहार गर्नेलाई आफूहरुले त्यसै नछाड्ने उनले बताए ।
भेलामा नेकपा एमाले प्रदेश न ६ का सदस्य नबराज रावतले उच्च मनोबलका साथ पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए । नेकपा एमाले अब आउने तीनै तहको निर्बाचनमा पहिलो शक्तिका रुपका उदाउने ठोकुवा गरेको रावतले सवै कार्यकर्तालाई एक ढिक्का भएर लाग्न सुझाव दिए ।
नेकपा एमाले सुर्खेतका सचिव मोहनसिं बडुवालले स्थानिय तहको निबार्चन प्रदेश निबार्चन र संसदको निबार्चनका लागी नेकपा एमालेले आफ्ना सबै जनबर्गिय संगठनहरुलाई परिचालन गर्ने जानकारी दिए ।
उनले स्थानिय तहको निबार्चनमा नेकपा एमालेले बहुमत ल्याउने र देश एमालेमय हुने सचिब बडुवालको दावी छ । भेलामा नेकपा एमाले प्रदेश नं ६ का सदस्य तारा देबकोटा, नन्दा शर्मा, पार्टी जिल्ला कमिटी सदस्य तुल ब सहकारी लगायतको उपस्थिती थियो ।