☰ open Loading... 25 November 2024|  

स्थानीय तहमा कार्यकारी अधिकृत पठाइँदै
  | १ चैत्र २०७३, मंगलवार ०७:४५


पुर्नंसरचनान अनुसार सुर्खेतमा स्थानीय तहहरुमा नयाँ कार्यालय प्रमुखहरु तोकेर काम गर्न निर्देशन दिइएको छ । जिल्ला समन्वय समितिको कार्यालय सुर्खेतले जिल्लाका ५ नगरपालिका र चार गाउँपालिकामा नयाँ प्रमुखहरुलाई तोकेर काम गर्न निर्देशन दिएको हो ।
  स्थानीय तह संचालन सम्बन्धमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा नौ वटै स्थानीय तहहरुमा प्रमुखहरुलार्य जिम्मेवारी तोकेको  जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख अमृत लम्सालले जानकारी दिए । साविकको वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत विमलराज आचार्यलाई नै कार्यकारी अधिकृत तोकिएको छ ।

यस्तै भेरीगंगा नगरपालिकाको कार्यकारी अधिकृतमा रामप्रसाद शर्मा, गुर्भाकोट नगरपालिकाको प्रमुखमा  साविकको शुभाघाट नगरपालिका कार्यकारी अधिकृत टेकबहादुर खत्री, पञ्चपुरी नगरपालिको प्रमुखमा साविकको विद्यापुर गाविस सचिव नारायणदेव पुरी र लेकबेसी नगरपालिकाको कार्यकारी अधिकृतमा साविकको कल्याण गाविसका सचिव तेजबहादुर रोकायलाई कार्यकारी अधिकृत जिम्मेवारी दिर्ईएको छ ।

सुर्खेतका ४ ओटा गाउँपालिकाहरुमा पनि कार्यकारी अधिकृत समेत तोकिए छ  । चौकुने गाउँपालिकामा  टेकबहादुर शाही, बराहताल गाँउपालिकामा केशरबहादुर डाँगी, चिङ्गाड गाउँपालिकामा ओमप्रसाद पौडेल र सिम्ता गाउँपालिकामा  गोविन्द रानाले कार्यकारी अधिकृतको जिम्मा दिएको समन्वय समितिका सचिव अमृत लम्सालले जानकारी दिए ।
  स्थानीय तहको निर्वांचन सम्पन्न नभएसम्म जिल्ला समन्वय समितिको मतहतमा गाउँपालिका र नगरपालिका संचालन  जिल्ला समन्वय समितिले गर्ने सचिव  लम्सालले बताए । नयाँ आर्थिक वर्षदेखि  स्थानीय तह आफ्नो मातहतमा संचालन हुने उनको भनाई छ ।  हाल स्थानीय तह अन्र्तगत नगरपालिका र गाउँपालिकामा ८ जना कर्मचारी खटाईने छ । यी मध्य १ जना कार्यकारी अधिकृत, १ जना इन्जिनियर, नायब सुब्बा १ जना, लेखापाल १ जना, सब–इन्जिनियर २ जना र कार्यालय सहयोग २ जना खटाईने  सचिव लम्सालले जानकारी दिए । तर स्थानीय तहको निर्वाचन भईसकेपछि निर्वाचित पदाधिकारीहरुले आवश्यता अनुसार थप कर्मचारी परिचालन गर्न सक्ने प्रावधान छ ।

  वडाको हकमा भने हाल ४ कर्मचारी खटाईने बताईएको छ । जसमध्य सचिव १ जना प्रशासन तथा लेखा १ जना र कार्यालय २ जना रहनेछन् ।  नागरिकताका लागि सिफारिस, विवाह दर्ता, निःशुल्क तथा सशुःल्क उपचारका लागि सिफारिस, जातिय प्रमाण पत्र, नाम प्रमाणित, जग्गा धनीको नाम सच्याउन, जग्गा नामसारी, जन्म दर्ता, मृत्युदर्ता, बसाई सराई लगायतको  सिफारिस  वडा स्तरबाट गरिने   सचिव लम्सालले जानकारी दिए । उनका अनुसार व्यक्तिगत मुद्दादर्ता पनि वडा कार्यालयबाट हुनेछ । चालु आर्थिक वर्षमा मोलपोत  काम कर्तव्यहरु मालपोतबाट नै हुने छन् भने नयाँ आर्थिक वर्षदेखि स्थानीय तहमै मालपोतले गरिने कामहरुको जिम्मेवारी पाउने लम्सालको भनाई छ ।

  हाल नयाँ स्थापना भएका नगरपालिकाको हकमा भने कर्मचारी व्यवस्थापन केही चुनौति देखिएको लम्साल बताउँछन् । स्थानीय तहको निर्वाचन भएसम्म केही वडाहरु संयुक्त वडा कार्यालय संचालन गरी काम कर्तव्यलाई अगाडी बढाउने  बताईएको छ  । पुर्नंसरचना अन्र्तगत गाउँपालिका र नगरपालिकाका वडाहरुलाई योजना तथा तर्जुमा गर्ने जिम्मेवारी दिईएको छ । वडा नागरिक मञ्च, टोल विकास संस्था गठन गरि योजना निर्माण गर्ने जिम्मेवारी दिईएको हो ।

  जिल्ला समन्वय समितिका सचिव लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, नेपाली कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मी, नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष धु्रवकुमार शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष मानबहादुर खड्का, जनमोर्चा  सुर्खेतका अध्यक्ष गोविन्द्रप्रसाद सुवेदी लगायत जिल्ला स्थिती सरकार तथा गैर–सरकारी कार्यालयका प्रमुख एवं प्रतिनीधिहरुको उपस्थिती थियो ।

स्थानीय तहलाई खटाइएका सबै शाखा अधिकृत नयाँ लिइएका कर्मचारी हुन् । लोकसेवा उत्तीर्ण भएर स्टाफ कलेजमा तालिमरत २ सय ७० जनालाई सामान्य प्रशासन मन्त्रालयले पठाउने निर्णय लिएको हो । ६ महिने तालिममा रहका उनीहरू ३ महिना तालिमपछि विभिन्न जिल्ला र निकायमा काम सिक्दै थिए । अब मात्रै उनीहरूलाई जिम्मेवारीसहित खटाइन लागेको हो । सामान्यले स्थानीय तहमा पठाउन लागेका उपसचिवहरू पनि भर्खरै बढुवा भएका हुन् । फाइल बढुवा भएका तर नियुक्ति नपाएका ६० उपसचिवलाई स्थानीयमा खटाउने निर्णय भएको न्यौपानेले बताए ।