☰ open Loading... 30 April 2024|  

शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव
  | २ चैत्र २०७३, बुधबार २०:५१

 नेपाल टुर एण्ड ट्राभल एसोसिशयन सुदूरपश्चिमाञ्चलको आयोजनामा चैत्र ४ गतेदेखि ६ गते शुक्लाफाँटा पर्यटन महोत्सव भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएपछि पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो । 

बाह्रसिंगेको वासस्थान भएर पनि उचित प्रचार प्रसार नभएका कारण शुक्लाफाँटा निकुञ्ज ओझेलमा छ । यसको प्रचार(प्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष माया प्रकाश भट्टले बताए ।  उनले शुक्लाफाँटका विषयमा जानकारी दिन लगाएत यो क्षेत्रमा पाईने सांस्कृतिक झाँकीहरु समेत महोत्वसव देखाइने बताए ।

महोत्सव अवधिभर शुक्लाफाँटा राष्ट्रिय निकुन्ज प्रवेशका लागि नेपालीका लागि केही छुट दिने समेत बताए । हाल नेपाली पर्यटकहरुलाई सफारीका लागी एक हजार रुपैयाँ लिने गरेको छ ।

मित्रराष्ट्र भारतको राजधानी नयाँदिल्लीदेखि ३ सय २५ किलोमीटर दूरीमा रहेको छ, निकुन्ज । जति मात्रामा यो निकुन्जमा भारतीय पर्यटक आउनुपर्ने त्यति आउन नसकेको स्वीकार गर्छन् आयोजक समितिका उपाध्यक्ष परमानन्द भण्डारी ।

उनी भन्छन्(‘निकुन्जको प्रचार प्रसार गर्ने हेतुले या महोत्सव आयोजना गर्न लागिएको हो ।’