☰ open Loading... 25 November 2024|  

अपहरण आरोपमा गौशालाका दुई सई पक्राउ 
  | ३ चैत्र २०७३, बिहीबार २०:३३

अपहरणमा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाले गौशाला वृतमा कार्यरत दुई जना प्रहरी नायब निरीक्षक ९सई० लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सईद्वय सूर्य थापा र सम्बत तामाङ रहेका छन् । ३२ बर्षीया सम्बत महाशाखाअन्तर्गत गौशाला वृतमा खटिएका थिए। सूर्य भने काठमाडौं परिसरअन्तर्गत गौशाला वृतमा कार्यरत हुन्।

सम्वत मंगलबार र सूर्य बिहीबार दिउँसो पक्राउ परेका हुन्। अपहरणमा संलग्न भएको आरोपमा काभ्रेका अर्जुनबहादुर लामा र रुपन्देहीका कुमार भन्ने राजकुमार गुरुङ पनि पक्राउ परेका छन् ।

्उनीहरुले धनकुटाका बद्री राईलाई अपहरणगरी दुई लाख ३० हजार रुपैयाँ नगद लिएका थिए भने नबिल बैंक र राष्ट्रिय बाणिज्य बैंकको नाममा २५÷२५ लाखका चार वटा चेक समेत काट्न लगाएका थिए ।

यस्तो थियो घटना

राजकुमार र सम्बत पहिलादेखी नै साथी थिए। यता अर्जुन र राजकुमारबीच पनि चिनजान थियो । अर्जुनले सुन तस्करीमा सक्रिय भरिया फुर्पा तामाङ सुनसहित बेपत्ता भएको सूचना जानकारी पाए। फुर्पा नाताले बद्रीका नाती पर्छन् ।
फुर्पाले विदेश जानको लागि आफ्नो राहदानी म्यानपावर व्यावसायीलाई दिएको चाल पाए । यहाँबाट सुरु भयो ‘ब्ल्याकमेलिङ’, अर्जुनले घटनाबारे राजकुमारलाई बताए ।  राजकुमारले प्रहरीको साथ लिए, सम्बतका रुपमा । सम्बतलाई अर्का सई सूर्यले साथ दिए ।
उनीहरुले ‘टर्चर’ दिन थाले ।  प्रहरी समेत सहभागी भएकाले बद्री तनावमा हुनु स्वभाविक थियो । उनीहरुले बद्रीले नै फुर्पालाई लुकाएको आरोप लगाए । उनीहरुले जसरी पनि फुर्पालाई झिकाउन बद्रीलाई दबाब दिए ।
उनीहरुले गत माघ १ गते कोटेश्वरमा बद्रीलाई बोलाए र बाइकमा राखेर सिनामंगलको सेकुवा कर्नरमा राखे । उक्त समूहले फुर्पालाई झिकाउन दबाब दिदै बद्रीलाई समेत सुन तस्करीमा संलग्न भएको आरोप लगायो ।
उनीहरुले बद्रीलाई यातना दिएर एक करोडको चेक काट्न लगाए र उनको साथमा रहेको दुई लाख ३० हजार रुपैयाँ पनि लिए। त्यसपछि घटना सार्वजनिक गरे वा प्रहरीमा उजुरी गरे बद्रीसहित उनका परिवारलाई मारिदिने धम्की दिएर उनीहरु निस्किए ।
घटनाबारे प्रहरीले गोप्यरुपमा चाल पायो र बद्रीलाई झिकायो । निकै तनावमा रहेको बद्रीले घटनाको बेलिविस्तार लगाए। यसपछि बद्रीलाई जाहेरी दिन लगाएर महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो ।