☰ open Loading... 5 May 2024|  

आज देशमा अच्चम्म देखेँ
  | ४ चैत्र २०७३, शुक्रबार १६:४७

पृथ्वीबहादुर सिंह

उत्पादनका खेतहरुमा,
विसाल बजार बसेको छ ।
कृतिम गर्भाधानमा व्याउछन,
विकासे जर्सि गाईहरु,
लोकल गाईहरु छाडा छन् ।
मधुमासमा हरिन्छन्,
बुढा गोरुहरु माथी,
आज शहरमा अच्चम्म देखेँ ।
यूवाहरु भाडामा,
कमाउन प्रदेशमा छन् ।
यूवतीहरु घरदेशमा,
चेतनाको घुम्टो ओढेर,
बुढो बरमा,
मधुमासमा हुरिन्छन् ।
आज शहरमा अच्चम्म देखेँ ।
यूवा यूवतीलाई राज्य,
भिसा दिएर पठाउछ।
बैदेशिक रोजगारमा,
रेमिटान्सले देश चलाउन,
हरदिन बाकसमा,
यूवाहरुको मृतलास,
घरदेशमा आउछन ।
परिवारमा विचल्ली बनाउछ ।

हरेक दिन,
हवाई मैदानमा अच्चम्म देखेँ ।
फ्रि भिसामा यूवतीहरु,
भाडामा विदेश पठाउछ ।
श्रममा नै बलात्कृत हुन्छिन् ।
लाज नमानी राज्य,
हेर्दछ टुलुटुलु ।
आज संचारमा अच्चम्म देखे ।
खेतहरु बाँझै छन् ।
यूवा यूवती नहुदा,
मुवाईलको खवरले,
यौनताको आतुरतामा,
घरदेशमा,
घरवार छोडेर हिड्छे यूवती,
समाज हेर्छ टुलुटुलु ।
छिमेकीले नागरिकलाई,
गोलीले भूटीरहदा,
राज्य हेर्छ टुलुटुलु ।
आज देशमा अच्चम्म देखेँ ।
पिल्क सिम्ता, सुर्खेत