☰ open Loading... 3 May 2024|  

नागरिकहरुलाई हात्तीपाइले रोगको औषधी खान निम्तो
  | ४ चैत्र २०७३, शुक्रबार १६:५५

सुर्खेत । विगत ६ वर्षदेखि खुवाउदै आएको हात्तिपाईले औषधी यस वर्षपनि (भोली) शनिबारदेखि शुरु हुन लागेको छ । सोमबारसम्म खुवाईने यो रोगको औषधी खान जनस्वास्थ्य कार्यालय सुर्खेतले नागरिकहरुलाई निम्तो दिएको छ ।

 यस वर्ष जिल्लाका झण्डै चार लाख नागरिकलाई हात्तीपाईले रोगको औषधी खुवाउन लागेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका किटजन्य रोग नियन्त्रण सुपरभाइजर उदयबहादुर विसीले जानकारी दिए । उनले भोली (शनिबार) देखी तीन दिनसम्म यो अभियान सञ्चालन हुने बताए । सोमबारसम्म सञ्चाल हुने अभियानमा सुर्खेतका ७५ हजार घरधुरीका ३ लाख ६४ हजार नागरिकलाई औषधी खुवाउन लागिएको छ ।

  अन्तिम पटकको यो अभियानलाई सार्थकता दिन कार्यालयले जिल्लामा पाँच सय स्वास्थ्यकर्मी र २ हजार बढी स्वयंम सेवक खटाउन लागेको छ । अभियानको पहिलो दिन सम्वन्धित केन्द्र र दोस्रो तथा अन्तिम दिन घरदैलो भेटघाट कार्यक्रम सञ्चालन गरेर औषधी खुवाउने विसीको भनाई छ । जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकामा एकै साथ अभियान सञ्चालन हुनेछ । नागरिकले औषधी खाँदा स्वास्थ्यकर्मि र स्वयमसेविकाको निगरानीमा औषधि खानु पर्ने उनको भनाई छ ।
हात्तीपाईले रोग निवारणको यो छठौँ चरणको अभियान हो । यो पटक मात्र अभियानलाई पूर्णता दिन ९२ लाख ११ हजार रुपियाँ खर्च हुने जनस्वास्थ्यको भनाई छ ।   जिल्लामा करिव ९ लाख डि.ई. सी. ट्यावलेट र ४  लाख ५० हजार अल्वेन्डाजोल औषधी निशुःल्क रुपमा वितरण गरिने छ । सुर्खेतमा हात्तीपार्ईले रोगका ११४ संक्रमित रोगी छन् । यी मध्य ९४ जना हाइड्रोशील, १४ जना खुट्टा सुनिएको र ७ जना अन्य छन् ।

सुर्खेतको कुल जनसंख्याको १८ प्रतिशत व्यक्तिलाई हात्तीपाईले रोगको रहेको जनस्वास्थ्यको भनाई छ । यस्तै आर्थिक वर्ष २०६८ मा २ लाख, ४५ हजार, २९२, २०६९ मा २ लाख ४३ हजार ५९५ जनालाई औषधी खुवाइएको थियो । भने आर्थिक वर्ष २०७० मा दुई लाख ७० हजार ९५९ र गत आर्थिक वर्षमा २ लाख ८६ हजार ३२८ जनालाई निशुःल्क रुपमा औषधी वितरण गरेको जनस्वास्थ्यको तथ्याङ्क छ । गत आर्थिक वर्षमा जिल्ला जन स्वास्थ्य कार्यालयले  ३ लाख ६४ हजारलाई औषधी खुवाउने लक्ष्य राखेको थियो तर ३ लाख ३ हजार जनालाई निःशुल्क औषधी खुवाइएको थियो ।