☰ open Loading... 3 May 2024|  

तंग्रिदै दैलेख जिल्ला अस्पताल
  | १३ चैत्र २०७३, आईतवार २०:२७

दैलेख । लोडसेडिङ्ग हुँदा अन्धाकार । सानो तिनो अप्रेशन समेत जिल्ला बाहिर । भनेको बेला डक्टरी सेवा नपाईने जिल्ला अस्पताल दैलेख हिजोआज सुविधासम्पन्न हुँदैछ । अहिले सानातिना अप्रेशन होईन जटिल रोगका विरामीहरुको समेत अप्रेशन गरिन्छ । विशेषज्ञ डाक्टर जिल्लामा चौविसै घण्टा छन् ।

सुविधासम्पन्न भवनहरु निर्माण भैरहका छन् । चेकजाँच गर्ने मेशिन तथा औजारहरु चलायमान हातलमा छन् । अस्पतालबाट सेवाहरु दिन डाक्टरदेखी अन्य स्वास्थ्यकर्मीहरु चौविसै घण्टा तम्तयारी हालतमा हुन्छन् । हिजोआज जिल्ला अस्पताल दैलेखले शल्यक्रिर्याबाट गरीने विभिन्न उपचारका सेवाहरु धमाधम गरिरहेको छ ।

 अस्पतालमा सेवा लिन आउने विरामीहरुका लागी  गाईनोलोजीस्ट, एपिन्सेक्टरी, हर्निया, हाईड्रोसिल, बेहोस पारेर गरीने साधारण सल्लेक्रिर्या, ल्याप सेवा र एच आई भि संक्रमितका लागी सिडिफोर काउण्ट मेसिन सहित जिल्ला अस्पतालमा भित्राएर सेवा दिन थालिएको हो । यस अघि यी सेवाहरु जिल्ला अस्पतालबाट नहुँदा विरामीहरुले चर्को मूल्य तिरेर सामान्य शल्यक्रिर्या, औषधी उपचार गर्न सुर्खेत, नेपालगन्ज र भारतको लखनउ जाने बाध्यता थियो ।

अहिले जिल्लामै सेवा पाएपछि सेवाग्राही खुसी छन् । आर्थिक विपन्न सेवाग्राहीहरुका लागि सेवाले निकै प्रभाव पारेको छ  । जिल्लामै विरामीलाई सक्दो सेवा दिनका लागि पहल गरिरहेका जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बासना थापाले बताईन् । ‘विगतभन्दा सेवामा सुधार भएको छ ।’ अध्यक्ष थापाले भनिन् ः जिल्लामै राम्रो स्वास्थ्य सेवा पाईनेमा ढुक्क हुन हरेक नागरिकलाई अपिल गर्दछौ ।’

 महिलाहरुले साधारण प्रसव ब्यथाबाट बच्चा पाउन नसके सि एस शल्यक्रिर्या गरी निकाल्नुपर्ने सुत्केरी सेवा र विरामले च्यापेको २४ घण्टाभित्र गरीनुपर्ने एपिन्सेक्टरी सेवा जिल्लामा नहुँदा जिल्ला अस्पतालले बाह्य जिल्लामा रिफर गर्ने गर्नुपर्दथ्यो । विरामीले समयमा एम्वुलेन्स पनि पाउथेनन् ।

तर, सवै जिल्लामै सेवा दिन थालेपछि विरामीलाई आर्थिक, मानसिक तथा भौतिक रुपमा सहज भएको छ । यसअघि विरामीहरुलाई सेवा प्रभावकारी नहुँदा सुर्खेत नेपालगंजसम्म पुगेर निकै दुःख पाएर उपचार गर्नु परेको नारायण नगरपालिकका खड्कबहादुर रावतले बताए ।

विगतभन्दा अहिले जिल्लामा उपचार राम्रै भएको रावतले बताए । जिल्ला अस्पताल दैलेखमा शल्यक्रिर्या सेवा संञ्चालन भएसंगै दुर्गम गाँउबाट विरामीको उपचार गर्न आउनेको भिड थपिएको छ ।

‘विगतभन्दा धेरै सेवाहरु थपिएका छन् ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सोभित थापाले भने, जिल्लाभरका स्वास्थ्य संस्थाहरुलाई जिल्ला अस्पतालबाट दिईने सेवाका बारेमा स्वास्थ्यकर्मीले विरामीहरुसम्म पुराउनेछन् ।’ तत्काल जिल्ला अस्तपालमा आई सियू खोल्ने तयारी भएको प्रमुख थापाले बताए ।

मुस्किलले एक जना डाक्टर बस्ने अस्पतालमा अहिले ५ जना डाक्टर छन् । जिल्ला स्वास्थ्य कार्यालयमा डा. रिर्चल बास्तोला, डा. निरञ्जन पन्त, डा अनिल खरेल, डा. खिमाकुमारी न्यौपाने कार्यरक्त छन् ।