☰ open Loading... 19 April 2024|  

चीनले निर्वाचनको लागि १४ करोड सहयोग गर्ने
  | १४ चैत्र २०७३, सोमबार १६:२९

निर्वाचनको लागि चीनले ९ मिलियन आरएमबी सहयोग गर्ने भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङसँग भेट बार्ताका क्रममा सीले नेपालमा निर्वाचन घोषणा भएकोमा खुशी व्यक्त गर्दै यसको सफलताका लागि ९ मिलियन आरएमबी ९करिव १४ करोड नेपाली रुपैयाँ०सहयोग गर्ने बताएको दाहालको वेब साइटमा उल्लेख छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङसँग भेट बार्ताका क्रममा सीले नेपालमा निर्वाचन घोषणा भएकोमा खुशी व्यक्त गर्दै यसको सफलताका लागि ९ मिलियन आरएमबी ९करिव १४ करोड नेपाली रुपैयाँ०सहयोग गर्ने बताएको दाहालको वेब साइटमा उल्लेख छ।
चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउँसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीको वेब साइटमा उल्लेख गरेको छ।
भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिवाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको वेबमा उल्लेख छ।

भेटमा दाहालले उठाएका विषयमा राष्ट्रपति सी सकारात्मक रहेका छन्। सी नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत भएका थिए।