☰ open Loading... 17 May 2024|  

सामाजिक अभियान्ता गेहेन्द्र दाहालद्धारा कांग्रेस त्यागेको घोषणा
  | १४ चैत्र २०७३, सोमबार १६:४९

स्वतन्त्रबाट मेयरको उम्मेदवारी

सुर्खेत । जेसिज वर्ष २००५ का पुर्व राष्ट्रिय अध्यक्ष गेहेन्द्रप्रसाद दाहालले नेपाली कांग्रेस परित्याग गरेका छन् । वीरेन्द्रनगरमा सोमबार रफत सञ्चार क्लवले आयोजना गरेको साक्षतकार कार्यक्रममा दाहालले आफू नेपाली काँग्रेसको साधारण सदस्य नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

यो पनि पढ्नुस् :    ‘पाउन हैन, बनाउन पद र पैसा त्यागेको हुँ’

 दाहालले सोमबार नै आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावमा वीरेन्द्रनगर नगरपालिकाको मयेर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका औपचारिक रुपमा जानकारी समेत दिएका छन् । पार्टीको सिद्धान्तले नगरपालिकाको विकास र नगरवासीको आवश्यकताले पुरा गर्न नसक्ने भएकाले पार्टी परित्याग गरेर मैदानमा उत्रिएको उनको भनाई छ । ‘जुन पार्टी ६ महिनासम्म एउटा बैठक बस्न सक्दैन, त्यो पार्टीले कसरी विकास गर्न सक्छ’ दाहालले भने,–‘पार्टीको चाकढी गरेर मेयर पदमा उम्मेदवार हुन आफू अयोग्य भएकाले पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको हो ।’

 आफू पार्टीमा रहदाँ वीपी कोइरालाको सिद्धान्त बोकेको बताएका उनले कांग्रेस पार्टी भित्र वीपी कोइरालाको विचार विपरित पार्टी चलेको आरोप समेत लगाए । ‘क्लव संचालन भए जस्तै पार्टी संचालन भएको छ’ दाहालले प्रश्न गरे, ‘यस्तो अवस्थामा देशको विकास कसरी हुन्छ ?’ वीरेन्द्रनगकारे विकासका लागि विधिको शासनको आवश्यता रहेको उनले बताए । तर विधिको शासन कायम गर्न वीरेन्द्रनगरको नेतृत्व गरेर विकास गर्न आफू योग्य रहेको उनको ठहर छ ।

पार्टीभित्र बहस र छलफल चलाएर उठ्न सकिन्थ्यो तर पार्टी नै परित्याग गरेर स्वतन्त्र रुपमा किन उम्मेदवारी दिनुभयो भन्ने पत्रकारको प्रश्नमा दाहालले वीरेन्द्रनगरको मुहार फेर्न पार्टीले नसक्ने निक्र्यौल गर्दै स्वतन्त्र रुपमा उम्मेदावरी घोषणा गरेको बताए । ‘पार्टीबाट उम्मेदवारी दिदाँ पार्टीको निर्देशन अनुरुप चल्नु पर्छ, आफुसंग भएको क्षमता प्रस्फुटन गर्न सकिदैन’ दाहाल भन्छन्,–‘पार्टीका कार्यकर्तालाई बोक्नु पर्छ, म स्वतन्त्र हुन पाउदैन, त्यसैले मैले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुँ ।’

पद र पैसाको लोभले उम्मेदवारी घोषणा नगरको बताएका उनले वीरेन्द्रनगरको मुहार फेर्न आफू मैदानमा आएको स्पष्ट पारे । मेयर पद जितेपछि नेपाल सरकारबाट पाउन सेवा समेत नलिने उद्घोष गरेका दाहालले उक्त सेवा सुविधा वीरेन्द्रनगरको विकासमै खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘वीरेन्द्रनगरको विकासका लागि पृथक रुपमा अगाडी बढ्न चाहाएको छु’ दाहालले भने,–‘२१ औँ शताब्दी म जस्तो स्वाभिमान व्यक्तिले कांग्रेसको भित्र बस्न ठिक हुँदैन ।’ वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व गर्न सक्ने क्षमता आफुसंग भएको दाहालको दावी छ । ‘युवाहरुको भविष्य पनि जोडिएको कारणले युवाहरुको भविष्य सुनिश्चित गर्न म सक्षम छु ।’ दाहालले थपे,–‘ किन कि मैले युवाहरुको नेपालबाटै नेतृत्व गरि सकेको छु ।  जेसिजबाट नेपाललाई जिताए । यस्तै  नेपाल शिक्षक संघ सुर्खेतको अध्यक्ष हुदाँ पनि सुर्खेतलाई पनि उत्कृष्ट शाखा रुपामा स्थापित गरेका थुप्रै उदाहरण पनि छन् ।’

नेपालभरिका युवाहरुको नेतृत्व गरेको कारण र विश्वका केही देशहरु भ्रमण गरि सकेको कारणले गर्दा मैले वीरेन्द्रनगर नगरपािलको नेतृत्व गर्न सक्छु भन्ने विश्वास आफूमा रहेको उनको भनाई छ ।

रतुको मेहेलीमा जन्मिएका दाहाल यस अघि जनसेवा मावि घुस्रा र श्रीकृष्ण सधारण संस्कृत मावि ईत्रामका प्रधानाध्यापक पेशामा आवद्ध थिए । पार्टी भित्र आन्तिरिक रुपमा परामर्श लिएर शैक्षिक सेवाबाट अवकाश लिएको खुलाएका दाहालले पाँच महिनासम्म पार्टीका  जिम्मेवारी व्यक्तिहरुले अपमानित हुने व्यवहार गरेकोमा दुःख व्यक्त गरे ।