☰ open Loading... 30 April 2024|  

क्षेत्रीय अस्पताल हातामै फार्मेसी
  | १५ चैत्र २०७३, मंगलवार ०६:४३

पछिल्लो समय मप क्षेत्रीय अस्पताल सुर्खेतले विकासमा फट्को मार्दै गएको छ । विगतमाभन्दा मप क्षेत्रीय अस्पताले आफ्ना सेवाहरु विस्तार गरेपछि आफ्नो सेवा सुविधालाई प्रभावाकारी बनाउँदै लगेको हो । वर्ष अघि सुकेत्री गराउनकै लागि नेपालगञ्ज रिफर गर्नु पर्ने बाध्यता थियो ।

हाल क्षेत्रीय अस्पतालमै नै सहज रुपमा सेवा सो सेवा उपलव्ध हुँदै आएको छ । विगतमा अस्पतालको गुणस्तर कमजोर नभई भौतिक संरचनापनि निकै जीर्ण अवस्था  थियो ।  विरामीहरुले सामान्य टाइफाइ भयो भने, भेरी अञ्चल अस्पताल नेपालगञ्ज जानु पर्ने बाध्यता थियो । सुत्केरीमा महिलाहरु भौतिक संरचना नहुदाँ एउटै कोठा कोचियर बस्नु पर्ने बाध्य थियो ।

  विविध सेवाहरु थप र स्तरोन्तीसंगै सोमबारदेखि क्षेत्रीय अस्पतालले नै आफ्नै फार्मेसी संचालन गरेको छ । स्वास्थ्य मन्त्रालयको आदेश अनुसार नै मप क्षेत्रीय अस्पताल आफ्नै  फार्मेसी संचालन गरेको हो । मुख्यत बिरामीलाई सुलभ मुल्यमा औषधी दिन र अस्पतालको आम्दानी बृद्धि गर्नका लागि फार्मेसी संचालन गरिएको मप क्षेत्रीय अस्पतालका मेसु डा. डम्बर खड्काले जानकारी दिए ।  फार्मेसीबाट २४ सैं घण्टा सेवा प्रवाह गरिने उनले बताए ।

  फार्मेसीको उद्घाटन गर्दै क्षेत्रिय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले अस्पतालको नीतिगत सुधारका लागि स्वास्थ्य मन्त्रालयसंग पहल गर्ने प्रतिवद्धता जनाऐ । साथै आगामी दिनमा क्षेत्रीय अस्पतालले विरामीलाई नेपालगञ्च र काठमाडौँ रिफर नगर्ने गरी सेवा प्रवाह गर्न आग्रह समेत गरे । सेवा थप गर्नका लागि सरकारको भर पर्नुभन्दा अन्य मुलुकहरुका संस्थाहरुसंग सम्झौता गरी अगाडी बढ्न सुुझाव समेत उनको छ ।

  स्वास्थ्य मन्त्रालयले अस्तालकै नीजि फार्मेसी संचालनका लागि डेढ वर्ष अघि निर्देशन दिएको थियो ।  मध्यपश्चिमाञ्चलका अन्य जिल्लाहरुका अस्पतालमा भने यस भन्दा अगाडी नै फार्मेसीहरु संचालनमा आई सकेका मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिईन् ।  मध्यपश्चिम विकास क्षेत्रका १५ जिल्ला मध्य मुगु जिल्ला अस्पताल बाहेक अन्य जिल्ला अस्पतालहरुमा फार्मेसी  संचालन भएको निर्देशक भण्डारीको भनाई छ । उनका अनुसर मुगुमा पनि चालु आर्थिक वर्षमा फार्मेसी सञ्चालन गर्ने प्रतिवद्धता जनाएकी छन् ।

  स्वास्थ्य मन्त्रालयको  २५ लाख रुयैयाँमा मध्यपश्चिम क्षेत्रीय अस्पतालमा फार्मेसी संचालन गरिएको मेसु खड्काले जानकारी दिए । अस्पतालले गत फागुन २० गते अस्पतालमा आइसियु लगायतका सेवाहरु सञ्चालनमा ल्याइसकेको छ ।