☰ open Loading... 18 May 2024|  

गाउँको विवाद गाउँमै समाधान
  | १५ चैत्र २०७३, मंगलवार २०:२८

सुर्खेत । पहिला पहिले गाउँका केही विवादहरु आएमा सिधै स्थानिय स्तरमा रहेका अगुवाहरुकहाँ पुग्दथ्यो । ती अगुवाहरु भनेका राजनीतिक पार्टीका नेता तथा स्थानिय बुद्धिजीविहरु हुन्थे । अगुवाहरुले बिवाद मिलाउन सकेनन् भने मात्रै पीडित पक्ष प्रहरी समक्ष पुग्ने चलन थियो ।

ती दुबै ठाउँमा विवाद समाधान भएपनि एक पक्षको जीत हुनेथियो अर्थात एक पक्षले जीतको  महशुस गर्ने थियो भने एक पक्षले हारको ।  तर पछिल्लो समय सुर्खेतका २५ गाविसमा स्थानिय स्तरमा उत्पन्न हुने विवादहरुमा दुबै पक्षको जीत÷जीत हुने गरेको छ । दुबै पक्षलाई जीतको महशुस गराउन खटिएका छन् सामुदायिक मेलमिलापकर्ताहरु ।

युएसएआइडीको आर्थिक सहयोगमा साझेदारी विकास परियोजना अन्र्तगत कानुन अन्बेषण तथा स्रोत विकास केन्द्र सेलर्डद्धारा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगत शान्ति स्थापनाका लागि मेलमिलापकर्ताहरु खटिएका छन् ।

 पहिला पहिला धेरै जसो विवादहरु सिधै प्रहरी चौकीमा जाने गथ्र्यो, जहाँबाट हुने फैसला दुबै पक्षलाई मान्य हुने थिएन् अहिले गाउँको विवाद गाउँमै समाधान हुने गरेको छ, साबिकको तातापानी गाबिसकी मेलमिलाप केन्द्रकी रत्नकला नेपालीले भनिन् । उनका अनुसार सामुदायिक मेलमिलापकेन्द्रले हेर्न नपाउने अथवा नमिल्ने बिवादहरु बाहेक अरु सबै बिवादहरु मेलमिलापकर्ताहरुले मिलाएका छन् ।

मेलमिलापकर्ताहरुलाई विवाद समाधानका लागि आवश्यक सीप र क्षमता अभिबृद्धि गर्न परियोजनाले तालिमहरु पनि सञ्चालन गर्दा विवादहरु सहजै समाधान गर्न सहज भएको बताउछन्, साबिकको घाटगाउँ गाबिसका मेलमिलापकर्ता खड्क नेपालीले ।

हालसम्म साझेदारी विकास परियोजना लागु भएका पहिलो चरणको १२ र दोस्रो चरणको १३ वटा गाविस गरी जम्मा २५ गाविसका सामुदायिक मेलमिलापकर्ताहरुलाई सीप र क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गर्दै आएको सेलर्ड सुर्खेतकी कार्यक्रम संयोजक उमा भट्टराईले जानकारी दिईन् ।

उनका अनुसार हालसम्म सामुदायिक मेलमिलाप केन्द्र मार्फत करिव एक हजार नौँ सय बिवादहरु समाधान गरिएको छ । मुख्यतया केन्द्रमा देवानी प्रकृति अन्र्तगत लेनदेन, साधसिमना, भनाभन वा गाली बेइज्जती र घरेलु हिंसाका बिवादहरु आउने गर्दछ । सामुदायिक मेलमिलापकेन्द्रहरुले स्थानिय स्तरमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भुमिका खेलेका कारण मेलमिलापकेन्द्रलाई साबिकका गाविस कार्यालयहरुले आफ्नो मातहतमा पनि लिईसकेका छन् ।

कार्यक्रम संयोजक भट्टराईका अनुसार हालसम्म साबिकका १३ वटा गाविसहरुमा मेलमिलाप केन्द्रहरु गाविस कार्यालयलाई हेण्डवभर गरिएको छ । धारापानी, साहारे, घुमखहरे, मेहेलकुना, रामघाट, लेखपराजुल, गढी, लेखगाउँ, पोखरीकाडा, कुनाथरी, दशरथपुर, नेटा र तरंगा गाविसका मेलमिलाप केन्द्रहरु हेण्डवभर भएका हुन् ।