☰ open Loading... 5 May 2024|  

गाँउ चिनाउन तरकारी खेती
  | १५ चैत्र २०७३, मंगलवार २०:३६

माछा र रक्सी पाईने उपमा पाएपछि डाँडाँपराजुल डुंगेश्वरका महिलाहरु अहिले तरकारीबाट गाँउलाई चिनाउन लागि रहेका छन् । उनीहरुले अहिले डुंगेश्वरलाई नै तरकारी मय बनाएका छन् । २० जना महिलाहरुले समुह नै बनाएर तरकारी खेतीमा भविष्य कोरिरहेको छन् । उनीहरुले आफ्नो जग्गा कम भएपछि जग्गा लिजमा लिएर तरकारी खेती गरेका छन् । घरमा फुर्सदिलो भएर बस्नुभन्दा तरकारीबाट आम्दानी पनि गाँउ चिनिने पनि भएको किसान जैसरा रानाले बताईन् ।

रक्सी र माछा मात्रै पाईने भनेर बाहिरबाट आउनेहरुले हेप्थे तर, अहिले तरकारी उत्पादन गर्न थालेपछि निकै खुसी लगेको छ । महिलाहरुको अगुवाई गरेकी जैसरा रानाले भनिन् ः कुरा काटेर बस्नुभन्दा मेहेनत गरेर तरकारी लगाउन थालेपछि आम्दानी पनि खुसी पनि मिलेको छ । जरोपानी फलफुल तथा तरकारी समुह बनाएर डुंगेश्वरका आफुहरुले आफ्नो गाँउलाई चिनाउन तरकारी गरेको अर्की किसान चन्द्रा थापाले बताईन् ।

डुंगेश्वरमै तरकारी संकलन केन्द्र भएपनि उत्पादन भएको तरकारीले बजार पाएको छ । तरकारी विक्रि गर्न धेरै दुख झेल्न नपरेको महिला किसानहरुले बताए । उनीहरुले तरकारी बारीमा विहान, दिउँसो र साँझ आलोपालो मिलाएर काम गर्ने समय समेत तोकेका छन् । उनीहरुले बाँरीमा अहिले काँक्रो, करेला, भेण्टा, बन्दा लगायतका तरकारी विक्रि गरिरहेका छन् ।

यसअघि त्यही तरकारी समुहमा पुरुषहरु रहेका थिए । आर्थिक हिनामिला र लथालिगं बनाएपछि महिलाहरु जागरुप भएर समुहबाट पुरुषहरुलाई विदाई गरि महिलाहरुको मात्र समुह बनाएको समुहकी सदस्य शिला आर्चायले बताईन् । महिलाहरु समुहमा आवद्ध भई सकेपछि डुंगेश्वर तरकारी उत्पादन गर्ने गाँउमा रुपमा चिनिएको हो । राम्रो काम भएको छ भनेर पूरुषहरु पनि हाम्रो प्रंशसा गर्छन् ।

किसान शिला आर्चायले भनिन्  आम्दानीसंगै बचत पनि गरेका छौं । आम्दानी सामुहिक रुपमा बाँडफाँड गरेर लैजान्छौ । उनीहरुले तरकारीबाटै सामुहिक रुपमा ६२ हजार बचत गरेका छन् । आवश्यकता अनुसार ऋण पनि समुहबाट लिने गर्दछन् । खोला नजिकै भएपनि बारीसम्म पानी ल्याउन नसकिने भएकाले सिचाईको ब्यवस्था मिलाउन उनीहरुले जिल्ला कृषि विकास कार्यालयलाई आग्रह पनि गरेका छन् । धेरै टाढाबाट उनीहरुले कुलो ल्याएर सिचाई ब्यवस्था मिलाएका छन् ।

दिर्घकालिन सिचाई ब्यवस्था मिलाउन उनीहरुले त्यहाँ पुग्ने कार्यालय प्रमुखहरुलाई गुनासो सधै गर्ने गर्दछन् । आफुहरुले एउटा टर्नेलबाट बेमौसम तरकारी उत्पादन गरेर ५९ हजारसम्म कमाई गरेका अनुभव अगुवा किसान जैसरा रानाको छ । पछिल्लो समय किसान परियोजनाबाट प्रविधिको प्रयोग गरि उन्नत जातका तरकारी लगाई आम्दानी गर्न सिकेको जैसराले बताईन् ।

बजारमा खपत हुने र मुल्य धेरै हुने तरकारी लगाउने गरेका छौं । जैसराले भनिन् ः माग अनुसारको तरकारी लगाउने किसानका रुपमा चिनिएका छौ । जिल्ला कृषि विकास कार्यालयको सहयोगकै कारण डुंगेश्वरलाई तरकारी उत्पादनका रुपमा चिनाउन सफल भएको महिला किसानहरुको भनाई छ । महिलाहरु उर्जाशिल भएकै कारण डुंगेश्वर तरकारी उत्पादन गर्ने जिल्लाको सुचीमा रहेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत राजु भूजले बताए ।