☰ open Loading... 18 May 2024|  

दाङमा दुई शव फेला
  | १५ चैत्र २०७३, मंगलवार २०:४१

जिल्लाको राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकामा एक, एक जनाको शव फेला परेका छन् । राप्ती गाउँपालिका(१ स्थित राप्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । कालो टिसर्ट र निलो जिन्स पाईन्ट लगाएको र कपाल झरेको अवस्थामा शव फेला परेको हो ईलाका प्रहरी कार्यालय भालुबाङका अनुसार सोमबार जंगलमा गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यस्तै, घोराही उपमहानगरपालिका–१५ स्वस्थानी टोलस्थित डाँफे रेस्टुरेन्ट एन्ड लजमा एक युवक मृत भेटिएका छन् । आइतबार राति बास बस्न आएका दुई युवामध्ये सोमबार एक मृत भेटिएको होटेल सञ्चालक रामबहादुर पराजुलीले बताएका छन् । सोमबार बिहान एक युवक बाहिर निस्केको र दिउँसोसम्म पनि नफर्केपछि कोठामा हेर्दा एक युवक मृत भेटिएको उनले प्रहरीलाई बताएका छन् । मृतकको घाँटीमा जु्त्ताको तना जस्तो फिताले बाँधिएको प्रहरीले जनाएको छ ।
दुवै मृतकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सोधपुछका लागि होटेल सञ्चालक पराजुलीलाई नियन्त्रणमा लिएको छ ।