☰ open Loading... 2 May 2024|  

देउतीबज्यैमा कोटिहोम महायज्ञ शुरु
  | १६ चैत्र २०७३, बुधबार १२:४७

सुर्खेत । सुर्खेतको धरोहर देउती बज्यै मन्दिरमा बुधबारदेखी कोटीहोम महायज्ञ शुरु भएको छ । देउती बज्यै मन्दिर व्यवस्थापन समितिको आयोजना शुरु भएको महायज्ञको पहिलो दिन बुधवार कलश यात्रा निकालिएको थियो ।

देउतीबज्यै मन्दिर समृद्धिको लागि कोटिहोम महायज्ञ शुरु भएको प्रचार संयोजक सुदीप पुरीले जानकारी दिए । आगामी बैशाख १ गतेसम्म सञ्चालन हुने महायज्ञमा भूमिपूजा, पितृउद्धार, ज्ञानमय सप्ताह, संगीतमय प्रवचन, भजन किर्तन र राष्ट्र शान्तिका लागि पूजन गरिने पुरीको भनाई छ । महायज्ञमा प्रमुख कथावाचक भागवद् रसिक ऋषिराम पौडेल र कोटिहोम संकल्पकर्ता निरन्तादेवी शाह ‘कालिमाता’ ले गर्नेछन् ।

तस्वीर सुशील खड्का