☰ open Loading... 18 May 2024|  

पाँच बुँदे प्रतिवद्धतासहित सकियो मानव अधिकारको क्षेत्रीय सम्मेलन
  | १६ चैत्र २०७३, बुधबार १३:५२

सुर्खेत । मंगलबारदेखि वीरेन्द्रनगरमा शुरु भएको मानव अधिकार र उत्तरदायित्व विषयक क्षेत्रीय सम्मेलनले पाँच बुदे प्रतिवद्धता जनाउँदै सम्पन्न भएको छ । भेरी अञ्चलका प्रमुख जिल्ला अधिकार, सुरक्षा निकाय, सरकारी वकिल कार्यालय लगायतका अधिकारीहरुको सहभागिता रहेको सम्मेलनले पाँच बुदे प्रतिवद्धता जनाउँदै बुधबार सम्पन्न भएको मानव अधिकार आयोगका क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले जानकारी दिए ।

उनका अनुसार सम्मेलनले नेपाल सरकारले लागु गरेको चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वय गर्ने, सेवा प्रदायक निकायहरु उपलव्ध स्रोत र साधनको अधिकतम प्रयोगबाट सेवाग्राहीलाई मुख्य प्राथमिकता छिटो सेवा प्रवाह गर्ने प्रतिवद्धता सहभागीहरुले गरेका छन् ।

यस्तै, आर्थिक, सामाजिक र सांस्कृत अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि आ–आफ्नो स्थानबाट कार्यान्वयन गर्ने, विकासलाई मानव अधिकारमुखी प्रद्धतिसंग समाहित गरेर कार्यक्रम तर्जुमा गर्ने र मानव अधिकार संस्कृतिको विकास लागि सवै सचेत रहने आवश्यकता बोध गर्ने प्रतिवद्धता समेत गरेको आयोगका क्षेत्रीय प्रमुख खरेलले जानकारी दिए ।