☰ open Loading... 17 May 2024|  

चोरी अभियोगमा आठ पक्राउ
  | १९ चैत्र २०७३, शनिबार ०८:०५

दाङ । चोरीमा संलग्न रहेको अभियोगमा दाङमा प्रहरीले नगद र गहना सहित ८ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङल जिल्लाका बिभिन्न ठाउँमा सञ्जाल बनाएर चोरीमा संलग्न भएको अभियोगमा ८ जना युवालाई नगद र गहना सहित सार्वजनिक गरेको हो ।

घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न स्थानका २२ घरबाट नगद रुपैयाँ, सुन, चाँदी, ल्याप्टप, मोवाईल फोन सेट, चक्कु सहितका सामाग्रिहरु सहित ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले ७७ हजार ५ सय नगद, एक थान तिलरी, दुई थान सुनका बाला, एक थान चोक्कर, ३ थान औँठी, २ थान सिक्रि, पञ्चरत्न बाला एक थान, चन्द्रमा एक थान, सुनको सिक्का एक थान गरी ७ तोला सुन र चाँदीका सिक्रि, चाँदीका डलर पैसा समेत बरामद गरेको प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

त्यसैगरी दुई थान ल्याप्टप, ६ थान मोबाईल सेट सहित व्राउन सुगर समेत उनिहरुको साथबाट बरामद भएको प्रहरीले जनाएको छ । उनिहरुका विरुद्ध चोरी मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ९ का संजोग केसी, सोही वडाका अनिल कुमाल, तुलसीपुर ५ का सुनचाँदी पसलका डण्डीराम विक, घोराही उपमहानगरपालिका १५ का शिशिर भण्डारी, अनुज बस्नेत, सरोज महरा, घोराही १७ पनौराका क्षितिज मजगैयाँ र बसन्त केसी रहेका छन् ।