☰ open Loading... 24 November 2024|  

राहत वितरण
  | २९ चैत्र २०७३, मंगलवार १०:३९

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटीले बाँके जिल्लाका आगलागी प्रभावित परिवारलाई सोमबार सोनारी गाउँपालिकामा गैरखाद्य राहत सामग्री वितरण गरेको छ ।

गत आइतबार सो गाविसको वडा नं ७ वसन्तपुरमा आगलागी हुँदा आठ घरपरिवारका २१ महिला २७ पुरुष प्रभावित भएका थिए । रेडक्रसले आगलागी प्रभावित प्रतिपरिवारलाई त्रिपाल, कम्बल, भाँडा सेट, कपडा, बाल्टी र त्रिपाल तान्ने डोरी वितरण गरेको थियो ।