☰ open Loading... 2 May 2024|  

नारायणमा एमालेबाट आंकाक्षी बढे
  | ३१ चैत्र २०७३, बिहीबार २०:००

दैलेख । स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकामा चुनावी सरगर्मी बढेको छ । अहिले एमालेभित्र नगर प्रमुखको लागि नेताहरुविच निकै कसरत भैरहेको छ । प्रमुखको ३ जना मुख्य आंकाक्षी रहेका छन् । आंकक्षीहरुमा रत्नबहादुर खड्का, लोमन काफ्ले र प्रेम थापा रहेका हुन् ।
यी तिन विच प्रमुखमा उम्मेदवारीका लागि टिकट दिने भनेर एमाले दैलेखमा समेत चर्चा भैरहेको छ । पार्टीले जित्ने र बलियो उम्मेदवारलाई टिकट दिने तयारी गरेको एमाले स्रोतले जनाएको छ ।

तीन उम्मेदवारहरुमध्ये पूर्व नगर उपप्रमुख समेत रहेका खड्का जनमत भएका र बलियो उम्मेदवार भएको एमालेभित्रका कार्यकर्ताहरुले आंकलन गरेका छन् । प्रमुखमा नेताहरुको आंकक्षा गर्नु स्वभाविक हो ।

एमालेका एक गाँउ स्तरिय नेताले भने, जनमत भएको, बलियो र समाजमा घुलमिल भएको नेता नछाने चुनावमा समस्या हुनसक्छ । गुट र पैसामा टिकट दिलाएमा एमालेलाई चुनावमा ठुलो चुनौती हुने गाँउका नेताहरुले बताएका छन् ।