☰ open Loading... 18 April 2024|  

काँग्रेस सभापति देउवाको पुत्ला दहन
  | १९ बैशाख २०७४, मंगलवार १८:२१

जुम्लामा नेपाली कांग्रेस जुम्लाका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको पुतला जलाएका छन् । चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् ।

कार्यकर्ताले समग्र नेपाली कांग्रेस जुम्लाले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई नगरपालिकाको मेयर पदको टिकट दिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

पार्टीले सेजुवाललाई टिकट दिएपनि अर्को पक्षले स्वतन्त्र उम्मेदवारी दिने तयारी  गरीरहेको छ । पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी कान्तिका सेजुवालले चन्दननाथ नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरिसक्नु भएको छ । नेतृत्वले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी चयनमा हस्तक्षेप गरेको भन्दै जुम्ला बजारमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् ।

नगरपालिका र गाउंपालिकाको प्रमुख र उप प्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका हुन । जिल्ला कार्यसमितिलाई दिइएको अधिकार अनुसार जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालिबाट सिफारिस गरेपनि केन्द्रबाट मंगलबार विहान मात्रै कान्तिका सेजुवाललाई टिकट दिएपछि विरोध शुरु भएको हो ।

जिल्ला कार्यसमितिलाई दिइएको अधिकार केन्द्रले हस्तक्षेप गरेको भन्दै नगरपालिकाभित्र कांगे्रसले उम्मेदवारी दर्ता नगराउने वताएको छ । कार्यकताहरुले संसद ललितजंग शाही र जिल्ला कार्यसमितिका पदाधिकारीहरुको राजीनामा माग गरेका छन् ।