☰ open Loading... 2 May 2024|  

सुर्खेतमा सवैभन्दा पहिला स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता
  | १९ बैशाख २०७४, मंगलवार ११:४२

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा सवैभन्दा पहिला उम्मेदवारी दर्ता स्वतन्त्र उम्मेदवारबाट शुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका उम्मेदवार गहेन्द्रप्रसाद दाहालले निर्वाचन अधिकृतको कार्यालय पुगेर १० बजे नै मनोनयन दर्ता गरेका हुन् । साथै, उप–मेयरमा स्वतन्त्र उम्मेदवारमा भोजप्रसाद चपाईँले मनोनयन दर्ता गरेका छन् ।


नेपाली काँ्रग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका अन्य दलले मनोनयन दर्ताको लागि १ बजेसम्म पुग्ने बताएका छन् ।
दाहालले वीरेन्द्रनगर मेयर पदमा उक्लै स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताए । समग्र वीरेन्द्रनगरको विकासका लागि एक्लै लड्ने जानकारी दिएका दाहालले स्वतन्त्र उम्मेदवारी दिएका अन्यलाई पनि गोलवद्ध पार्ने योजनामा रहेको बताए ।

लामो समयदेखि शिक्षण पेशमा आवद्ध दाहाल विद्यालय सुधार अभियानका सफल व्यक्ति मानिन्छ । नेपाली काँग्रेसमा आवद्ध दाहाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।