☰ open Loading... 1 May 2024|  

यी हुन वीरेन्द्रनगरका उप–मेयर उम्मेदवार महिलाहरु
  | २१ बैशाख २०७४, बिहीबार ०९:१८

जन्म : २०२४ असोज ८ गते
शैक्षिक योग्यता : आइए पास
ठेगाना : वीरेन्द्रनगर–९ अलायचौर सुर्खेत
राजनीतिक पृष्ठभूमी
२०३५ सालदेखि नै सक्रिय रुपमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिमा प्रवेश गरेर बहुदलीय र निर्दलीय व्यवस्था मध्य बहुदलको पक्षमा मोर्चावन्दी ।
२०४६ सालको जनआन्दोलनमा काँग्रेसको सक्रिय कार्यकर्ताको रुपमा सहभागी ।
२०४७ सालमा काँग्रेसको क्रियाशील सदस्यता प्राप्त ।
२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा साविकको लाटिकोइली गाविसको वडा नम्बर ६ को वडा अध्यक्षमा निर्वाचित
२०५२ सालमा महिला संघ सुर्खेतको गठन भएको तदर्थ समितिको जिल्ला सभापति ।
२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा पनि सोही वडामा सदस्यमा निर्वाचित ।
२०५५ सालमा नेपाल महिला संघ सुर्खेतको निर्वाचित सभापति ।
२०७३ सालमा नेपाल महिला संघको केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचत (हालसम्म) ।
अन्य कार्य अनुभव
२०५७ देखि ०७० सम्म पार्टीको हरेक क्रियाकलापमा सक्रिय रुपमा सहभागिता जनाउँदै महिलाहरुको अगुवाई गर्दै महिला संघका केन्द्रीय सभापति कान्ता मानन्धर, उमा रेग्मी र अम्बिका बस्नेतको कार्यकालमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएर काम गरेको ।

जन्म : २०३६ फागुन २७ गते
शैक्षिक योग्यता : राजनीति शास्त्रमा एमए पास र कानून विषयमा एलएलवी अध्ययनरत
ठेगाना : वीरेन्द्रनगर–१० शिमलचौक, सुर्खेत
राजनीतिक पृष्ठभूमी
पारिवारिक वातावरणका कारण स्कुल पढ्दा खेरी नै राजनीतिमा आस्थावन ।
२०५६ साल अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेताको प्रारम्भीक कमिटी सदस्य ।
२०५७ सालमा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष र महिला विभाग प्रमुख ।
२०५९ सालमा १६ औं अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियनको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित ।
२०६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय ।
२०६२ सालमा पार्टी राजनीतिमा प्रवेश र २ कार्यकाल अखिल नेपाल महिला संघको सचिव ।
२०६५ सालमा नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य दुई कार्यकाल र पार्टी सचिवालय सदस्य एक कार्यकाल ।
२०६९ माघबाट अखिल नेपाल महिला संघको जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष (हालसम्म) ।
अन्य कार्य अनुभव
अन्तरपार्टी महिला सञ्जालको जिल्ला अध्यक्ष, सामाजिक आन्दोलनमा सक्रिय, क्षेत्रीय प्रहरीले सञ्चालन गरेको लैंगिक हिंसा न्यूनिकरणमा समन्वयत्मक सहभागिता, तत्कालिन जिल्ला विकास समिति सुर्खेतको महिला जिल्ला समन्वय समितिको उपाध्यक्ष ।

जन्म : २०३९ माघ ७ गते
शैक्षिक योग्यता : डिग्री अध्ययनरत ।
ठेगाना : वीरेन्द्रनगर–१० दिपनगर, सुर्खेत
राजनीतिक पृष्ठभूमी
२०५८ सालबाट दैलेखबाट अखिल क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीति क्षेत्रमा प्रवेश ।
२०५८ सालमै साउन १८ गते प्रहरीद्वारा पक्राउ । तीन दिन हिरासतमा राखेर छोड्यो ।
२०५९ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुर्खेतको जिल्ला अध्यक्ष र पार्टीको क्रियाशील सदस्यता प्राप्त ।
२०६० देखि २०६३ सम्म पत्रकार । सशस्त्र द्वन्द्वको बेला जाजरकोट, दैलेख, डोल्पा, जुम्ला, कालीकोट लगायतका जिल्लामा युद्धकालिन पत्रकारमा आवद्ध ।
२०६३ मा पार्टी राजनीतिमा प्रवेश ।
२०६५ सम्म रेडियो हिमालमा आवद्ध भएपनि त्यसपछि पूर्ण रुपमा पार्टीको सांगठनिक काममा व्यस्तता ।
२०६५ सालमा नेकपा माओवादीको सुर्खेत कमिटीको सदस्य र पार्टीको सचिवालय सदस्यबाट पार्टी राजनीतमै व्यस्तता ।
२०६७ देखि २०६८ सम्म केन्द्रीय कमिटी सदस्य
२०७२ सालमा प्रदेश नम्बर ६ को प्रदेश संयोजक
अन्य कार्य अनुभव
पत्रकारिता क्षेत्रको अनुभव, महिलाहरुका हक अधिकारका बारेमा अगुवाई र तत्कालिन जिल्ला विकास समितिको समन्वय समितिको उपाध्यक्षमा रहेर योजना तर्जुमा कार्य अनुभव ।

जन्म : २०३५ साल माघ २५
शैक्षिक योग्यता : एसएलसी पास ।
ठेगाना : वीरेन्द्रनगर–१२ एयरपोर्टचौक, सुर्खेत
राजनीतिक पृष्ठभूमी
जन्मेदेखि नै म राजनीतिक प्रति पूर्ण आस्थावन भए ।
विद्यार्थीहुँदा नै मैले नेपाली काँग्रेसमा झुकाव ।
२०५३ सालमा नेपाली काँग्रेसको साधारण सदस्य ।
२०६० सालसम्म नेपाली काँग्रेसमै आवद्ध ।
२०६१ सालबाट राप्रपा आस्थावन ।
२०६१ को मध्यबाट पूर्ण रुपमा राप्रपाका हरेक कामहरुका सक्रिय सहभागिता ।
२०६३ सालमा राप्रपाको क्षेत्रीय कार्यसमितिमा प्रवेश ।
२०७० सालको चुनावमा समानुपातिका सभासद् उम्मेदवार दिए ।
२०७० जिल्लादेखि हालसम्म राप्रपा नेपालको जिल्ला कार्यसमिति सुर्खेतको सदस्य (हालसम्म) ।
अन्य कार्य अनुभव
समाज जागरण केन्द्र (स्याक) नेपालमा आवद्ध भएर शिक्षा र बालबालिका क्षेत्रमा कार्यअनुभव ।
विभिन्न सहकारी संस्थामा भएर महिला सहभागीता बढाउन सक्रिय ।
साना किसानमा सहकारी लाटीकोईलीको समूहको वडा अध्यक्ष
रहेर काम गरेको र समाजिक तथा महिलाहरुको समस्यामा वकलात गर्नमा अग्रसर ।