☰ open Loading... 17 May 2024|  

चन्दननाथमा दलित महिला निर्विरोध निर्वाचित
  | २३ बैशाख २०७४, शनिबार १०:५७

जुम्ला । चन्दननाथ नगरपालिका–२ का दलित महिला सदस्य विष्णुमाया कामी निर्विरोध निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले दलित सदस्य कामीलाई घोषणा गरेको हो ।

उनलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले खादा र अबीर लगाएर बधाई दिएको थियो । विष्णुमाया नेकपा माओवादी केन्द्रकी उम्मेदवार हुन । कार्यालयले १७ स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको जनाएको छ ।