☰ open Loading... 2 May 2024|  

बोलेर जीप दुर्घटना हुँदा पाँच घाइते, तीनको अवस्था गम्भीर
  | ३० बैशाख २०७४, शनिबार १५:५६

सुर्खेत । शनिबार भएको बोलेर जीप दुर्घटनामा पाँच जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको लु १ च ७७२९ नम्बरको जीप सुर्खेत–दैलेख सडक खण्डको सिद्धपाइलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि गढीका भीमप्रसाद आचार्य, वीरेन्द्रनगर १ का सवारी चालक टोपबहादुर विक र लालिकाँडाका हक्मित डाँगी गम्भीर घाइते छन् । उनीहरुको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपागञ्ज रिफर गरिएको छ ।

सामान्य घाइते वीरेन्द्रनगर–८ का वीरेन्द्र विसी र वीरेन्द्रनगर ३ का मनोज पोखरेलको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । जीप अनियन्त्रितहुँदा सडकबाट तीन सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।