☰ open Loading... 3 May 2024|  

जुम्लाको सिंजामा बम विस्फोट
  | ३० बैशाख २०७४, शनिबार १७:५८

जुम्ला । सिंजा गाउँपालिका–२ नराकोटनजिकै बम विस्फोट भएको छ । सिंजा गाउँपालिकाको एक मतदान केन्द्र भैरव माध्यमिक विद्यालय नजिकै दुइ पटक बम विस्फोट भएको जुम्ला प्रहरीले जानकारी दिएको छ । बम शनिबार विहान विस्फोट भएपनि ढिला मात्र जुम्ला प्रहरीले खवर पाएको थियो ।

सिंजा गाउँपालिकामा बम विस्फोट भएसँगै सुरक्षा व्यवस्था झन् कडा गरिएको प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लेले बताए । कसले बम विस्फोट गराएको हो भन्ने केही जानकारी नआएको बताएका उनले रति दुई पटक बम विस्फोट भएको आवाज सुनिएको जानकारी दिए । बम विस्फोट भएपछि निर्वाचनमा खटिएका कर्मचारी र मतदाताहरु त्रसित बनेका छन् ।

जुम्ला जिल्ला भित्रका ८७ वटै मतदान केन्द्र अतिसंवेदनशील मतदान केन्द्र हुन् । स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र सात वटा गाउँपालिका भित्र रहेका ८७ वटै मतदान केन्द्रमा उच्च शर्तकता अपनाइएको छ । स्थानीय चुनावलाई विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचन विथोलिन सक्ने भन्दै उच्च शर्तकता अपनाइएको हो । जुम्लाभित्र मात्रै दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नारयाण सापकोटाले बताए ।