☰ open Loading... 20 April 2024|  

दैलेखको भैरवी गाउँपालिकामाा एमाले–काँग्रेसविच झडप
  | ३० बैशाख २०७४, शनिबार १९:०१

दैलेख । यहाँको भैरवी गाँउपालिका –६ पिपलडाँडामा शनिवार साँझ काँग्रेस–एमालेविच झडप भएको छ । निर्वाचन आंचारसहिता विपरित मोटरसाईकलमा मत प्रभावित पार्ने गरि जुलुश गरेको भन्दै रोकेपछि झडप भएको हो ।

   एमाले गाँउ पालिका अध्यक्ष प्रेमबहादुर बुढा सहित भएको टोलीलाई रोक्न खोज्दा झडप भएको हो । उम्मेदवार सहित मोटरसाईकलमा आंचारसहिता उल्लघन हुने गरि हिडेको भन्दै काँग्रेस कार्यकर्ताले रोकेका थिए । विवाद बढ्दै जाँदा दुवै पक्षविच हानाहान भएको जनाईएको छ । झडपमा एमाले कार्यकर्ता चक्रबहादुर कठायत घाईते भएका छन् ।

त्यस्तै काँग्रेस कार्यकर्ता नविन कठायत पनि घाईते भएको स्थानीयहरुले जानकारी गराएका छन् । झडपमा अन्य ३ जना सामान्य घाईते भएको जनाईएको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

   घटना लगत्तै शसस्त्र प्रहरी उक्त क्षेत्रमा खटिएको छ । शुक्रवार एमालेका कार्यक्रताले माओवादी कार्यकता अम्मर सिजालीलाई कुटेको विषयलाई लिएर एमाले टोली झगडा मिलाउन गएको थियो । झगडा मिलाउने विषयमा जाँदा काँग्रेसले रोकेपछि शनिवार साँझ झडप भएको हो । झडपबाट तत्कालै नियन्त्रणमा आएको दैलेख प्रहरीले जनाएको छ । भैरवी संवेदनशिल क्षेत्र मानिन्छ ।