☰ open Loading... 3 May 2024|  

पूर्व गृहमन्त्रीदेखि ८७ वर्षिया जेष्ठ नागरिकले यसरी गरे मतदान ( फोटो फिचर)
  | ३१ बैशाख २०७४, आईतवार १०:५२

आईतबार जारी रहेको मतदानमा नेपाली काँग्रेस नेता तथा पूर्व गृहमन्त्री एवम् सुर्खेत क्षेत्र नम्बर एकका सांसद् पूर्णबहादुर खड्काले गुर्भाकोट नगरपालिकाको सूर्यज्योती मावि मेहलकुना केन्द्रबाट मतदान गरेका छन् ।

तस्वीर सुशील खड्का

यस्तै, सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले वीरेन्द्रनगर–१ सरस्वस्ती प्रावि र नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व पर्यटनमन्त्री यामलाल कंडेलले भैरव मावि वीरेन्द्रनगर–४ बाट मतदान गरेका छन् । ९ स्थानीय तह रहेको सुर्खेतमा १३८ मतदान स्थलमा आइतबार बिहान ७ बजेबाट  एकैसाथ मतदान शुरु भएको छ ।

एक लाख ८४ हजार तीन सय ९९ मतदाता रहेको सुर्खेतमा १७ दलका दुई हजार १० उम्मेदवार चुनावी मैदानमा छन् । मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले सुरक्षा दिइरहेका छन् । अप्रिय घटना हुन नदिन सुर्खेतमा सुरक्षा व्यवस्था कडा परिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए ।