☰ open Loading... 2 May 2024|  

सुर्खेतमा ५० प्रतिशत मत खस्यो
  | ३१ बैशाख २०७४, आईतवार १३:५१

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि आइतबार विहानदेखि भएको मतदानमा ५० प्रतिशत मत खसेको छ । सुर्खेतका ९ स्थानीय तहहरुमा औसतमा ५० प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन अधृकतको कार्यालय सुर्खेतका अधिकृत कैलाश सुवेदीले जानकारी दिए ।

सुर्खेतका ९ वटै स्थानीय तहहरुमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदात केन्द्र र स्थलको सुरक्षाको लागि नेपाल प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना बाक्लो मात्रामा खटाइएको छ । २४० मतदान केन्द्र रहेको सुर्खेतका १३८ मतदान स्थलमा नागरिकहरुको उत्साहजन सहभागीता रहेको प्रमुख निर्वाचन अधिकृत सुवेदी बताए ।

मतदान सम्पन्न भएपछि मतदान पेटीका संकलन हुने जानकारी दिएका सुवेदीले समयमै सबै केन्द्रमा मत पेटीका संकलन भएमा आज साँझबाट मतगणना शुरु हुने बताए । एक लाख ८४ हजार तीन सय ९९ मतदाता रहेको सुर्खेतमा १७ दलका दुई हजार १० उम्मेदवार चुनावी मैदानमा छन् ।