☰ open Loading... 5 May 2024|  

गुर्भाकोटमा १००६३ मत ल्याएर कांग्रेस विजयी
  | ४ जेष्ठ २०७४, बिहीबार १७:३१

सुर्खेत । वीरेन्द्रनगरपछिको दोस्रो ठुलो नगरपालिका गुर्भाकोटमा नगरप्रमुखमा नेपाली काँग्रेसका हस्त पुन निर्वाचित भएका छन् । पुनले १० हजार ६३ मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका देवबहादुर खत्रीले ७१२३ मत ल्याएका थिए ।


१४ वडा रहेको यो नगरपालिकाको १० वडामा कांग्रेसले उपप्रमुखसहित जित हासिल गरेको छ । उपप्रमुखमा कांग्रेसकै मैना विकले ९९७४ मत प्राप्त गरी विजयी भएकी छन् ।