☰ open Loading... 19 May 2024|  

२७ गते वृहत सरसफाई अभियान सञ्चालन गरिँदै
  | २४ जेष्ठ २०७४, बुधबार १७:०८

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त पहलमा यहि जेठ २७ गते वीरेन्द्रनगरमा वृहत सरसफाई एवं चेतनामूलक अभियान हुने भएको छ । बुधबार संघमा भएको सरोकारवालाबीचको अन्तरक्रियापछि राष्ट्रिय सरसफाई सप्ताहको समापनको अवसर पारेर वृहत सरसफाई एवं चेतनामूलक अभियान गर्ने निर्णय गरिएको हो ।

नगरपालिका, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, टोल विकास समितिलगायत सम्पूर्ण सरोकारवाला निकायको ब्यापक सहभागितामा वृहत अभियान सञ्चालन हुनेछ । यो अभियानले सिंगो प्रदेश र जिल्लाकै केन्द्रविन्दूका रुपमा रहेको वीरेन्द्रनगर स्वस्थ र स्वच्छ भएमा अन्यत्रका लागि यसले सकारात्मक प्रभाव पर्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए ।

नगर क्षेत्रको सरसफाइले नगरवासीको सभ्यता झल्काउने बताएका सुवेदीले आप्mनो सभ्यता र स्वास्थ्यका लागि नगरवासीले नगरलाई नियमित सफासुग्घर राख्नु पर्ने उल्लेख गरे । यसअघि उद्योग वाणिज्य संघले सञ्चालन गरेको नगर सफाई अभियानमा सरिक हुँदै आफूले पनि नगरका नालाको फोहोर सोहोरेको स्मरण सुवेदीले गरे । ‘फोहोर व्यवस्थापनको पहिलो जिम्मेवारी फोहोर गर्ने पक्षको नै हुन्छ’ उनले भने ।

व्यापारीले व्यापार मात्र गर्नेे नभई समाजप्रतिको उत्तरदायित्वपनि निर्वाह गर्छन भन्ने कुराको प्रमाणका रुपमा विगतको सरसफाई अभियानलाई लिन सकिने दावी सुर्खेत उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिको छ ।  विगतमा जनप्रतिनिधि विहीनताको अवस्थामा जे जस्ता कमीकमजोरी भएपनि आगामी दिनमा त्यस्तो नहुने भन्दै उनले आगामी दिनमा सरसफाईका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

वीरेन्द्रनगर– ६ का वडा अध्यक्ष मोतीप्रसाद कंडेलले बजारको सरसफाईलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको जानकारी दिंदै आवश्यक्ताअनुसार चेतनामूलक र दण्डात्मक कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए । तर कंडेलले सहभागी व्यापारीहरुले आपूmहरुले बजारलाई सफा राख्न चाहेपनि फोहोर संकलन गर्ने कर्मचारी नियमित र निर्धारित समयमा नआउने गरेको गुनासो गरे ।