☰ open Loading... 5 May 2024|  

माग अनुसारका तरकारी उत्पादन
  | २४ जेष्ठ २०७४, बुधबार १७:१६

दैलेख । बजारमा उपभोक्ताहरुको माग के छ ? त्यही अनुसार अहिले किसानहरुले तरकारी उत्पादन गर्न थालेका छन् । बजारमा कुन तरकारीको माग छ र त्यसको मुल्य पनि भनेजति पाईन्छ त्यही अनुसार किसानहरु उत्पादन गर्न लागेका हुन् ।

अहिले नारायण नगरपालिका – ११ जुफियाका किसानहरुले उपभोक्ता माग, चाहना अनुसार तरकारी उत्पादन गर्न थालेका हुन् । अहिले बेमौसम काँक्रा र करेलाले उनीहरुको बारी टनाटन भरिएको छ । उनीहरुले २४ टर्नेलमा सामुहिक रुपमा काँक्रा र करेला उत्पादन गरेका हुन् ।

१६ घर विपन्न वर्गले सामुहिक रुपमा काँक्रा र करेला उत्पादन गरेर बजारको माग धानेका छन् । उनीहरुले सदरमुकाममै आफ्ना उत्पादन ल्याउने गरेका हुन् । ताजा तरकारी सिधै बजारमा ल्याउदा मुल्य पनि भनेजति पाएका छन् ।

नारायण कृषि समुह अन्र्तगत उनीहरुले पहिलो पटक काँक्रा र करेला लगाएर पहिलो सिर्जनबाट उत्पादन सुरु गरेका समुहका अध्यक्ष भुमीसरा रावतले बताईन् । łगँहु लगाउने बारी पहिलो पटक तरकारी लगाएका छौं ।’ अध्यक्ष रावतले भनिन् : ‘निकै सन्तुष्टी भएका छौं । बजारको माग अनुसार तरकारी लगाएरका कारण मूल्य पनि राम्रो पाएका छौं ।’ उनीहरुले सुरुमा ८० केजीसम्म काँक्र करेला विक्री गरे । तर, बजारमा उत्पादन धेरै जान थालेपछि अहिले ६० रुपैयामा विक्रि गरेका छन् । जिल्ला कृषि विकास कार्यालय र केही सहयोगी संस्थाहरुको सहयोगमा जुफियाँका किसानहरुले काँक्रा र करेला लगाएका हुन् ।

धेरै टाढाबाट पाइपमा पानी ल्याएर तरकारी खेती गरेको किसान कस्तुरी रावतले बताईन् । उनीहरुले ५ लाख रुपैँयामा २४ टर्नेलमा काँक्रा र करेला तयार पारेका हुन् । बारीबाट उत्पादन विक्रि भैरहेको हुँदा आम्दानीको एकिन नभएको समुहले जनाएको छ । गहुँ उत्पादन हुने बारीमा यो वर्षदेखी तरकारी खेती भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत राजु भुजले बताए ।

‘बजारमा विक्रिसंगै मुल्य पनि राम्रो पाएकाले किसानहरु खुसी छन् ।’ योजना अधिकृत भुजले भने, बजारको माग अनुसार तरकारी लगाएका कारण किसानहरुमा आम्दानी बढ्को हो ।’ यो वर्ष असिना पानी परेका उनीहरुले लगाएको तरकारीमा क्षती भएको योजना अधिकृत भुजले बताए । किसानहरुकै बारीमा पुगेर क्षतीको विवरण ल्याएको उनको भनाई छ ।