☰ open Loading... 3 May 2024|  

मोटरसाईकलको ठक्करबाट बालक घाइते
  | २४ जेष्ठ २०७४, बुधबार १८:१२

सुर्खेत । वीरेन्द्रनगरमा नम्बर नखुलेको मोटरसाइकलले ठक्क दिँदा एक बालक गम्भीर घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका नजिकै रहेकाे बालमन्दीरमा अध्ययरत ७ वर्षिय विवश विक गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएका बालकको उद्धार विशाल ढकालले गरेका थिए । उनको अहिले देउती नर्सिङ्ग होममा उपचार भइरहेको छ । तिव्र गतीमा आएको मोटरसाइकलले विवशले बाटो काट्दा ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । तर मोटरसाइकल चालक ठक्कर दिएलगत्तै फरार भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दियो ।