☰ open Loading... 20 April 2024|  

तटवन्धन निर्माणमा बाढीबाट लाखाैंकाे क्षती
  | २४ जेष्ठ २०७४, बुधबार १८:२०

सुर्खेत । छिन्चुखोला नियन्त्रण कार्य बेडबार तथा ग्याभिन रिभेटम्यान्ट निर्माण आयोजनामा बाढीले लाखौंको क्षती पु¥याएको छ । यही जेठ २२ र २३ गते आएको बाढीले भेरीगंगा नगरपालिका–४ छिन्चुस्थित तोलीखोलामा निर्माणाधिन सो आयोजनामा सो क्षती पु¥याएको हो ।


तोलिखोलाले वर्षेनी कटान गर्न थालेपछि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. १७ सुर्खेतले तटवन्धन निर्माण जिम्मा लुम्बिनी÷प्रदिप जेभी बबरमहल काठमाडौंलाई दिएको थियो । गत असारदेखि तोलीखोलामा तटवन्धन निर्माण गरिरहेको कम्पनीलाई एक्काशी आएको बाढीले ठुलो झण्डै ९० लाखको क्षती पु¥याएको कम्पनीका प्रतिनीधि खड्कबहादुर खत्रीले जानकारी दिए ।

निर्माण कार्य भइरहेको बेला आएको बाढीले खोलामा राखेका गिट्टी, बालुवा, भाइब्रेटर मेशीन, पम्पसेट, सिमेन्ट, सरिया लगायतका निर्माण सामग्रीमा बगाएको छ भने ड्याम फाउण्डेशनमा समेत क्षती पु¥याएको छ ।