☰ open Loading... 20 April 2024|  

प्रयोगमै नआएर थला पर्यो ‘दमकल’
  | २८ जेष्ठ २०७४, आईतवार ११:२०

दैलेख । साढे ३ वर्षदेखी थन्काईएको दमकल बिक्रिएको छ । नारायण नगरपालिकाले खरिद गरेर ल्याए यता आगजनीका कुनै पनि घटनामा प्रयोग नभएको दमकलको ईन्जिन विक्रिएको हो ।

चर्को कमिशनमा गुणस्तरहिन दमकल खरिद गरिएकाले प्रयोग नहुँदै दमकल विक्रिएको हुनसक्ने आंशका नगरबासीहरुले गरेका छन् । नगरपालिकाले दमकल ल्याएयता बेला बेलामा कार्यालय प्रयोजनका लागि पानी बोक्ने बाहेक प्रयोगविहिन नै भयो । तर, प्रयोगविहिन दामकलको एक्कासी ईन्जिन विक्रिएपछि खरिद प्रकृयामा कमिशनको खेल भएको आंशका नगरबासीहरुले गरेका छन् ।

‘प्रयोगविहिन दमकल विक्रिनुले गुणस्तरितामाथि नै प्रश्न चिन्ह खडा गरेको छ ।’ नारायण नगरपालिकाका सुसिल देउजाले भने, ‘नयाँ दमकल किन विक्रियो त ?’ १० किलोमिटर दुरीमा रहेको लोहोरे खोलामा वर्षमा एक दुई पटक पानीका लागि लोहोरे खोलामा गुड्ने दमकल विक्रिएपछि नगरमा चासोको विषय बनेको हो । लोहोरेखोलासम्म पिच सडक छ ।

पहाडी भेक भएकाले दमकल आगो लागेको विच भागसम्म पुग्न नसक्ने र कतिपय क्षेत्रसम्म पनि सडक नहुदा दमकल प्रयोग समेत भएन् । ‘ईन्जिन विक्रिएको छ ।’ नगरपालिकाका ईन्जिनियर हिक्मत रोकायले भने, सुर्खेतबाट मिस्त्रीले चेक गरे सामान बुटवलबाट ल्याउनुपर्ने हो ।’ दमकल खरिद गरेबाट अहिलेसम्म सामान्य पानी ल्याउने बाहेक प्रयोगमा नआएको रोकायले बताए ।

२०७० सालमा सिप्रदी प्राली काठमाडौबाट टाटा कम्पनीको दमकल भ्याट सहित ६७ लाखमा खरिद गरेको स्टोर किपोर नेत्र बस्नेतले जानकारी दिए । पहाडी जिल्लाका तथा तराईमा प्रयोग हुने दमकलको मुख्य सामान्यताय ५५ लाखदेखी बढीमा ६० लाखसम्म पर्छ ।

धेरै मुख्यमा खरिद गरेको दमकल प्रयोगविहिन अवस्थामै विक्रिनुले १० लाखभन्दा बढी कमिशन खाएको आंशका समेत गरिएको छ । ‘म निर्वाचित हुनुभन्दा पहिले खदिर भएकाले किन महंगोमा खरिद भो बुझ्ने छु ।’ नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले भने, ‘अहिले दमकल मर्मत भईरहेको छ । दमकल खरिदबारे बास्तविक बुझेर सार्वजनिक गर्छु ।’