☰ open Loading... 30 April 2024|  

मापसे चालकलाई सार्वजनिक मुद्दा
  | ५ असार २०७४, सोमबार १८:४०

सुर्खेत । मादक पदार्थ सेवन गरेर सवारी चलाउने दुई जना चालकलाई प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ । वीरेन्द्रनगर–१० का टेकबहादुर सार्की र वीरेन्द्रनगर–६ का यान थापामगरविरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार मुद्दा दर्ता गराएको हो ।

सुर्खेतबाट दैलेख जाँदै गरेको बा ४ ख ८७८२ नम्बरका मिनी बस चालक सार्कीलाई सोमबार विहान कपासे नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

थापामगरलाई भने बांगेशीमलदेखी मंगलगढी चौकतर्फ आइरहेको भे १ ख ९०४ नम्बरको टम्पो मापसे गरेर चलाइ रहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हरि लामिछानेले जानकारी दिए । उनका अनुसार दुवै जना विरुद्ध जिल्ला प्रशासन कार्यालय सुर्खेतमा केही सार्वजनिक अवराध ऐन २०२७ अन्तरगत मुद्दा दर्ता गरिएको हो ।