☰ open Loading... 18 May 2024|  

गरीवी निवारण कोषको वार्षिक समिक्षा
  | १ श्रावण २०७४, आईतवार ०६:०२

सुर्खेत । गरिवी निवारण कोष अन्तरगतको जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । गरिवी निवारण कार्यक्रम सञ्चालन गरेका ५ वटा सरकारी तथा गैर–सरकारी संस्थाहरुले आ–आफुले गरेका कामहरुको समिक्षा गरेका हुन् ।

गोष्ठीमा कोडेड नेपाल, सिमान्तकृत महिलाका लागि महिला संस्था (वाम), समाज जागरण केन्द्र (स्याक), सुन्दर नेपाल, स्थानीय विकास कोष सुर्खेतले आव ०७३÷७४ को समिक्षा गरेका हुन् । गोष्ठीमा लक्ष्य, प्रगती, समस्या, चुनौती, आयआर्जनमा उपलब्धिहरुका बारेमा संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुले आ–आफ्ना सञ्चालित कार्यक्रमहरुको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रस्तुतीमाथि गोष्ठीमा सहभागिहरुले उक्त कार्यक्रममार्फत तुलनात्मक रुपमा विकास भएपनि गुणत्मक रुपमा विकास हुन नसकेको बताए । सरकारी कार्यालयसँग समन्वय गरी ग्रामिण क्षेत्रमा आफ्ना क्रियाकलापहरु सञ्चालन गर्न सहभागिहरुले सुझाव दिएका छन् । गोष्ठीमा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यापानेले स्थानीय तहमा जनप्रतिनीधिहरु आइसकेको भन्दै आगामि दिनमा सरकारी तथा गैर–सरकारी संघसंस्थाहरुले स्थानीय सरकारबाटै सहकार्य गरेर जानुपर्ने बताए ।

नेपाली कांग्रेसका सभापति कमलराज रेग्मीले गरीवि निवारण कोष अन्र्तरगत गरिबि घटाउन तर्फ ध्यान दिनुपर्ने भन्दै गरीविका आवस्थामा आएको परीवतर्नका बारेमा तथ्यांक राख्न आग्रह गरे । स्थानीय विकास अधिकारी अमृत लम्सालको अध्यक्षतामा भएको गोष्ठी जिल्ला पस्थत क्रियाशिल राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधिको उपस्थिती थियो ।