☰ open Loading... 3 May 2024|  

दुइ अाँखाले संसार हेर्ने चाहना अपूरै, सहयोगको लागि अपिल
  | २ श्रावण २०७४, सोमबार २१:४९

सुर्खेत । १० वर्षीया बालिकाले खोलेर बाहिरी संसार हेर्ने सपना बनेको छ । दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ६, रोलमा बस्ने कौशी तिरुवाले जन्मैदेखि आँखामा लागेको चोटका कारण त्यस्तो सपना देखेतापनि पुरा हुन नसकेको हो ।

आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचार गर्न नसकेको उनका पिता चन्द्र तिरुवा स्वीकार्छन । बर्षको ६ महिना भारतामा ज्यालादारी गर्ने चन्द्रले केहि बर्ष पहिले छोरीको उपचार गर्न राकम कर्णाली स्थित एक मेडिकलमा लगेका तर त्यहाँ उपचार सम्भव नभएको जानकारी दिए । उनी अहिले भारतको मुम्बइमा रहेका छन् ।

‘छोरीको उपचार गर्न नसकेर हिनता भरिएको छ ।’ उनले भने, ‘छोरकिो उपचारमा सहयोग गर्ने कोही मनकारी भए भगवानको रुपमा पुजा गर्ने थिएँ ।’ बालिकाले भने गाउँमा पीडामय जीवन बिताइरहेकी स्थानीय नन्दकृष्ण आचार्यले जानकारी दिए । कौशीको जन्मै देखि टाउकोमा चोट लागेको र त्यहि चोटका कारण आँखामा यस्तो समस्या आएको हो ।

उनी स्थानीय हियाधारा स्थित प्राविमा कहिलेकाही स्कुल जाने गरेकी छिन् । आचार्यले सहयोग गर्न चाहने मनकारीले ९८६८९१४५५५ वा ९८४८१२०८३० मा सम्पर्क गर्न सकिने बताए ।