☰ open Loading... 17 May 2024|  

काठकाे पुलबाट खसेर एकको मृत्यु
  | २ श्रावण २०७४, सोमबार २१:४०

जाजरकोट । श्रीमतीको उपचार गरी घर फर्कने क्रममा जाजरकोटमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । त्रिवेणी नलगाड नगरपालीका–३ का ४० बर्षीय होम बहादुर दमाईको खोलाले बगाएर सोमबार ज्यान गएको हो ।

प्राथामिक स्वास्थ्य केन्द्र कैनामा श्रीमतीको कानको उपचार गरी घर फर्किदै गर्दा दमाइलाई खोलाले बगाएको थियो । साङ्टा खोलामा रहेको बर्षौ पुरानो काठे पुल भाँच्चिएर खोलामा खसेका दमाइलाई १५ सय मिटर तल किनारामा शव फेला परेको जाजरकोटमा प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।

तस्वीर साैजन्य : लक्ष्मण रसाइली