☰ open Loading... 19 May 2024|  

‘यो स्थानमा पुग्नुको श्रेय मेरो बावालाई दिन्छु’
  | ७ श्रावण २०७४, शनिबार १३:२२

प्रस्तुती सुशील खड्का

१. आफूलाई के भनेर चिनाउनु हुन्छ ?
सानो छदा वा भनम आफ्नो थाहा पाउँदादेखि नै कलाकार पेशालाई अँगाल्दै कलाकारितामा प्रस्तुत भए । त्यसैले म विशुद्ध आफूलाई कलाकार भनेर चिनाउन चाहान्छु ।

२. क्षेत्रमा लागेको कति वर्ष भयो ?
रुचि त बच्चादेखि नै हो तर कलाकार भनेर चिनएको विं.सं. ०५६ सालदेखि हो । यहि क्षेत्रमा होमिएको १८ वर्ष वितिसकेको छ ।

३. कालाकारिता क्षेत्रमा कसरी प्रवेश गुर्नभयो ?
आज म जुन क्षेत्र र जुन स्थानमा छु । यसको मुख्य श्रेय वाबालाई नै जान्छु । म बच्चा हुँदा नै वाबाले मलाई एउटा मादल किनिदिनु भयो । मेरो बाद्यवादन संग–संगै नृत्य क्षेत्रलाई अंगालियो । यही नृत्यलाई अगाल्दै देश तथा विदेशमा पनि आफ्नो प्रस्तुती दिइयो । आजका दिनसम्म मेरो नृत्य पेशा संग–संगै बाद्यवादन क्षेत्रलाई पनि अगाडी बढाँदै आएको छ । यसमा मेरो परिवारको पूर्ण सहयोग र साथ छ ।

४.हालसम्म तपाईले नृत्य निर्देशन गरेका गीतहरु कति छन् ?
हालसम्म तपाईँले नृत्य निर्देशन गरेको गीतहरु थु्रपैछन् । यीमध्य शोभित बस्नेतको दुलही रानी फिल्म, ‘कस्ले बनायो माया’, दिपक अधिकारी ‘म दादा’, ‘सुनिमाया’, लफङ्गा गरेर पाँच फिल्म र म्युजिक भिडियोहरु चार दर्जन छन् । हाल तीजका गीत भिडियो निर्देशनमा व्यस्त छु ।

५. कलाक्षेत्रमा आकर्षित हुनुको कारण के हो ?
गीत अर्थात संगित विनाको मानिस अधुरो र अपूरो हुन्छ भन्छन् यो कला क्षेत्र मेरो लागि जीवनको पाटो हो । मौलिक संस्कार र संस्कृतिको सम्वद्धन, संरक्षण र प्रवद्र्धनका लागि मेरो सधै दायित्व बन्ने भएकाले आकर्षित भएको छु ।

६. अन्त्यमा मैले सोध्न र तपाईलाई भनौ भनौं लाग्ने केही शब्द छन् ?
अन्त्यमा मलाई यो स्थानमा पु¥याउनु हुने मेरा सम्पर्ण परिवार, अग्रज गुरुहरु, साथीभाई लगायत म आवद्ध राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई विशेष अभार प्रकट गर्दछु ।