☰ open Loading... 4 May 2024|  

पुष्पलालकाे ३९ अाैं स्मृती दिवस : ‘वामपन्थीहरू विच सहकार्य हुन जरूरी’
  | ७ श्रावण २०७४, शनिबार १९:५२

सुर्खेत । वामपन्थीहरुको सहकार्य जरुरी रहेको पुष्पलाल स्मृती प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष वेदुराम भुसालले बताएका छन् । शनिबार वीरेन्द्रनगरमा पुष्पलाल श्रेष्ठको ३९ औँ पुष्पलाल स्मृति दिवसमा आयोजित विचार गोष्ठीमा यस्तो बताएका हुन ।

पुष्पलालको सिद्धान्त अनुरुप नै नेपालको संविधान २०७२ जारी भएको उनले बताए । उनले भने–‘एउटा पार्टी मात्र संविधान जारी गर्न सक्दैन थियो, ‘एमालको प्रयासले गर्दा मात्र संविधान जारी भएको उनको दावी छ । संविधान कार्यन्यवन देखि लिएर समाजवाद ल्याउनका लागि वामपन्थीहरु सहकार्यको खाचो पर्नेछ ।

उनले भने–‘संविधान जारी गर्दा समेत कांग्रेससंग सहकार्य गर्नुपर्ने थियो, एमालेले सहकार्य ग¥यो, अब एमाले कांग्रेससंग प्रतिस्पर्धा गरेर अघि बढ्दैछ । माओवादीले एमालेसंगको गठनबन्धनलाई टुटाउनु पुष्पलालको सिद्धान्त विपरित भएको औल्याए । माओवादीमा दक्षिण पन्थी मौलाउदा एमालेसंगको गठनबन्धन छाडेर कांगे्रससंग गठबन्धन गरेको आरोप समेत लगाए ।

पुष्पालालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । अन्य पार्टीको जस्तै नेता प्रधान होइन कम्युनिष्ठ,उनले भने,–‘कम्युनिष्ठले निती बनाउछ’ उनको भनाई ।

एमाल स्थापना गरेको नेकपा अहिले एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा(माले), नेकपा (संयुक्त), नेमकिपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा (माक्र्सवादी), नेकपा (मसाल) लगायत पार्टीमा विभाजित भएको समेत बताए । पुष्पलालले विसं २००६ मा निरंजनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेको उपाध्यक्ष भुसालले जानकारी दिए ।

कांग्रेस छाडेपछि चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्व युद्धबारे समेत उनले अध्ययन गरेपछि नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेकपा स्थापना गरेका थिए ।

उनको सिद्धान्त अनुसार एमाले वामपन्थीहरु अघि बढ्नु पर्ने आवश्यकता रहेको उनले औल्याए । ‘पूँजीवादी पार्टी सम्झौतापरस्त हुनाले प्रजातान्त्रिक क्रान्तिको नेतृत्व श्रमिक वर्गले गर्नुपर्ने र प्रजातन्त्रको चरित्र पनि चीनको जस्तो नयाँ खाले हुनुपर्छ’ भुसालले भने ।

२०४६ सालमा पुष्पलालको सोही विचारलाई सार्थकता दिंदै कम्युनिस्ट पार्टीहरुको बाममोर्चा र नेपाली कांग्रेसले संयुक्त जनआन्दोलन गरि पंचायतको व्यवस्थालाई अन्त्य गरी मुलुकमा बहुदलिय व्यवस्था ल्याएका हुन, उपाध्यक्ष भुसालको भनाई छ ।

आगामी दिनमा कम्युनिष्ठ आन्दोलनलाई अघि बढाउनका लागि पुष्पलालको सिद्धान्तको खाँचो पर्ने बताए । पुष्पलाल स्मृति प्रतिष्ठान शाखाका अध्यक्ष सुर्खेतका अध्यक्ष शिवप्रसाद उपाध्याय, जिल्ला कमिटीका अध्यक्ष धुव्रकुमार शाही, वीरेन्द्रनगर नगरपालिका उप–प्रमुख मोहनमाया ढकाल, जिल्ला कमिटीका उपाध्यक्ष अमृत बिसी लगायत एमालेका नेताहरुको उपस्थिति थियो ।

को हुन् पुष्पलाल श्रेष्ठ ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिनुभएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो ।

तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उहाँका शवसमेत नेपाल ल्याउन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्नका लागि उहाँले राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र कार्य दिशामार्फत पुष्पलालले नेपाली वाम (बाँकी ४ पेजमा ) आन्दोलनलाई नयाँ दिशा दिए ।

पञ्चायती कालरात्रिमा भारतमा निर्वासन जीवन बिताउँदा नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनलाई एकताबद्ध बनाउने यात्रामा खटिरहेकै वेला ७ साउन, ०३५ मा उनको निधन भएको थियो । पुष्पलालसँग नजिक रहेकाहरूमध्ये एक हुन, वाम नेता गोविन्द ज्ञवाली । १० वर्षसम्म पुष्पलालसँग एउटै कोठामा समय बिताएका ज्ञवालीले उनको जीवनको आखिरी घडीसम्म पनि साथ छाडेनन् ।

उनै ज्ञवालीले पुष्पलालका अन्तिम सपना र अधुरा अपेक्षाबारे नयाँ पत्रिकाका शुरोजंग पाण्डेलाई सुनाएका छन् । नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन् । उनले स्थापना गरेको नेकपा अहिले एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा(माले), नेकपा (संयुक्त), नेमकिपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा (माक्र्सवादी), नेकपा (मसाल) लगायत पार्टीमा विभाजित छन् ।

पुष्पलालले आफू कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारसमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस पार्टीको कार्यालय सचिव भएर काम गर्नुभएको थियो । पुष्पलालले विसं २००६ मा निरंजनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो ।