☰ open Loading... 14 September 2025|  

सुर्खेती चेली मोडल दिपाशा ‘सन्देश अवार्डको टप पाँच’मा
  | १० श्रावण २०७४, मंगलवार ०९:१५

सुर्खेत । सुर्खेती चेली मोडल दिपाशा विसी सन्दरीदेवी सन्देश अवार्ड २०७४ को टप पाँचमा परेकी छन् । गत दुई वर्ष यता मोफसलमा आयोजना गर्दै आएको सुन्दरादेवी सन्देश म्युजिक अवार्ड यस वर्षकाे तेस्राे संस्करणको टप पाँच भित्र मोडल विसी परेकी हुन् ।

सर्वोत्कृष्ट मोडल महिला विधामा विसीद्वारा अभिनय गरिएकाे गीत लालु पाते…मनाेनयमा परेकाे छ । अवार्ड जित्न टप एकमा पुर्याइदिन मोडल विसीले भोट गरिदिन आग्रह गरेकी छन् । ‘दर्शक र स्रोतहरुको अथाह मायाले आज यो स्थानमा पुगेकी छु’ मोडल विसीले भनिन्,–‘यो पटक पनि अवार्ड जित्न आम दर्शकले एक भोट गरेर जिताइ दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

विसीलाई भोट गर्न मोवाइलको म्यासेज वक्समा गएर SSMA स्पेश 86 टइप गरेर 33001 मा एसएमएस पठाउनु पर्नेछ । यही साउन २७ नुवाकोटमा सम्पन्न हुने अवार्डमा आधुनिक र लोकदोहारी विधामा २१ जना प्रतिस्पर्धामा छन् ।

https://www.youtube.com/watch?v=uE81kbeUDWY