☰ open Loading... 26 April 2024|  

सुर्खेती कलाकार हरी विष्टका तीज गीत सार्वजनिक (भिडियो)
  | १९ श्रावण २०७४, बिहीबार १९:०७

सुर्खेत । सुर्खेती कलाकार हरि विष्टका तीजका दुई गीत सार्वजनिक भएका छन् । गत वर्षको तीजमा चर्चा बटुलेको गीत सम्झनामा माइती बोलको भाग पाँच बिहिबार सार्वजनिक भएको हो ।

विष्टकै शव्द संकलक तथा लय रहेको तीजका दुइवटा गीतको विमोचन राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले गरेका थिए । मौलिकता झल्कने बोल समेटिएका तीज गीत सम्झना माइतीको भाग पाँचमा नदी तिरैमा र आंउछ तीज बोलका दुई गीत छन । नदी तिरैमा बोलको गीतमा गायिका टिका पुन र अनु गुरुङले स्वर दिएका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा दिपासा विसी र करिश्मा ढकालको अभिनय छ । तर, आउँछ तीजमा गायिका पूर्णकला विसी, पार्वती ठाडामगर र गायक चन्द्र शर्माले स्वर दिएका छन् ।

आरुसी मगर र विपना मन्दिरले मोडलिङ्ग रहेको यो गीतको निर्देशक नन्दा बस्याल हुन् । विगत वर्षझै यस वर्षपनि स्रोता र दर्शकहरुको माया पाउने अपेक्षा कलाकार विष्टको छ । हालसम्म विष्टका लोकदोहोरी, तीज, आधुनिक गरेर ५० बढी गीत बजारमा छन् ।