☰ open Loading... 26 April 2024|  

जेसीभी दुर्घटनामा दुईको मृत्यु एक गम्भीर घाइते
  | २२ श्रावण २०७४, आईतवार १८:४२

सुर्खेत । पहिरो पन्छाएर फर्कदै गरेको जेसिभी दुर्घटनाहुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चु स्थायी ठेगाना भएका जेसिभी चालक तुलाराम धौलाकोटी र खाडाचक्र नगरपालिका–६ का रोडमा काम गर्ने कामदार विष्णुबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो ।

तस्वीर पत्रकार अनन्त बराल /कालीकाेट ।

दुर्घटनामा रास्कोट नगरपालिका–७ का छत्रबहादुर वम गम्भीर घाइते छन् । गम्भीर घाइते बमको नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

कालीकोट–जुम्ला सडक खण्डको खाडाचक्र नगरपालिका–५ विहानी भन्ने ठाउँमा पहिरो पन्छाएर कालीकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको सडक विभागको अन टेस्ट जेसिभी ब्रेक फेल आइतबार दिउसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कालीकोटका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार जेसिभी सडकबाट ५० मिटर तल खसेको र उनीहरुको च्यापिएर मृत्यु भएको हो ।