☰ open Loading... 17 May 2024|  

विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात
  | १६ भाद्र २०७४, शुक्रबार ११:११

जुम्ली स्याउकाे पहिचान गुम्नेमा किसानहरुको चिन्ता

सागर परियार
जुम्ला । जिल्ला कृषि विकास कार्यालय जुम्लाले अनुदानमा उपलब्ध गराउने अर्गा्निक जुम्ली स्याउ लेखिएको कार्टुन स्याउ किसानसम्म नपुग्दा किसानले विदेशी कार्टुनमा जुम्लाको स्याउ निर्यात भईरहेको छ । विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात भएकै कारण जुम्लाको स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन् ।

विदेशी कार्टुनमा लिएको जुम्ली स्याउ बिक्री गर्न समस्या हुने गरेको व्यापारीको गुनासो छ । जुम्लाको स्याउ विदेशी कार्टुनमा आएको भन्दै कतिपयले विश्वाससमेत गर्दैन, स्याउ व्यापारी कृष्ण बुढाले भने, ‘जुम्ली स्याउ लेखिएका कार्टुन किसानसम्म पुग्दैनन, विदेशी कार्टुनमा स्याउ सार्दा विश्वास गर्दैन ।’ जुम्लाबाट निर्यात गर्ने व्यापारीलाई उपभोक्ताले विदेशी कार्टुनमा भएको जुम्लाको अर्गा्निक स्याउ हुन नसक्ने भन्दै फिर्ता गर्ने गरेको गुनासो स्याउ व्यापारीको छ ।

वर्षायाममा सर्खुेत र नेपालगञ्जबाट केरा, टमाटर, अनार, सुन्तला, काउली, खुर्सानी आयात भएर आउने चाइनिज स्याउ र भारतिय स्याउका कार्टुनमा जुम्लाको स्याउ धमाधम ढुवानी भइरहेको छ । कृषि कार्यालयले जुम्ली अर्गा्निक स्याउको लोगो भएको र कृषि कार्यालयको नाम उल्लेख भएका १६ हजार कार्टुन ७५ प्रतिशत अनुदानमा ल्याएपनि वास्तविक स्याउ किसानसम्म पुग्न सकेको छैन ।

कृषि कार्यालयका कार्टुन कृषि सहकारी, कृषक समूह र जिल्ला सहकारी संघलाई वितरण गर्ने गरिएको छ । सहकारी र कृषि समूहमा पहुँच नभएका किसानले विदेशी कार्टुन खरिद गरेर स्याउ पठाइरहेका छन् । उनीहरुले विदेशी प्रतिकार्टुन ५० रुपैयाँमामा खरिद गरेको बताए । स्याउ किसान बलवीर थापाले गरिब वर्गसम्म सरकारी सेवा पुग्ने नगरेको दुखेसो पोखे ।

पहुँच र पावर जमाएका किसानलाई कृषिले कार्टुन वितरण गर्दा विपन्न किसान मर्कामा परेका हुन् । यहाँका किसानले चिनी र चामलका बोरामा प्याकिङ गर्दैै जुम्ली स्याउ निर्यात गर्नुपरेको बताएका छन् । ‘कृषिले अनुदानमा उपलब्ध गराएको कार्टुन पहुँचवाला किसानसम्म पुगेको छैन,’ गुनासो पोख्दै उनले भने, ‘जसको बगैंचा छैन, उसको घरमा सरकारी कार्टुन पुग्छ, स्याउ भएका किसानसम्म पुग्दैन ।’

विदेशी स्याउमा जुम्ली अर्गा्निक स्याउ निर्यात भइरहँदा स्याउको गुणस्तर र पहिचानका बारेमा शंका उब्जन थालेको छ । स्थानीय स्याउ किसान सुर्जालक्ष्मी रावलले विदेशी स्याउको कार्टुनमा जुम्ली स्याउ पठाउँदा पहिचानमा नराम्रो दाग लागेको बताइन् । उनले शित भण्डारको व्यवस्था नहुँदा लामो समयसम्म स्याउ सुरक्षित रुपमा पनि स्याउ राख्न सकिँदैन ।

जुम्लालाई अर्गा्निक स्याउ उत्पादन गर्ने पकेट क्षेत्रको रुपमा लिइएको भए पनि राज्यले उचित व्यवस्थापन गर्न सकेको छैन । यो वर्ष गत वर्षको तुलनामा २५ प्रतिशत स्याउ उत्पादनमा कमी आएको छ । जुम्लामा रोयल, गोल्ड, रेड, जनाथन जातको स्याउ उत्पादन हुन्छ । जुम्ला पुगेका छन् ।

बोटमै प्रतिकेजी ६० रुपैयाँ
जुम्लाको अर्गा्निक स्याउ अहिले बोटमै ६० रुपैया केजीमा बिक्री भइरहेको छ । पहिले बजारसम्म ल्याउँदा ३० देखि ३५ रुपैयाँमा बिक्री गर्न बाध्य किसानले अहिले बोटमै ६० रुपैयाँमा स्याउ बिक्री गर्न थालेका हुन् । अहिले जिल्ला देखि जिल्ला वाहिरका स्याउ व्यापारी किसानको वगैचामै गएर स्याउ किन्दै आएका हुन । खडेरीका कारण कोपिलामै झरे पछि उत्पादन कम भएकोले स्याउको माग वढि भएको हो ।

तर यो समयमा वगैचामै स्याउ बेच्न किसानलाई भ्याई नभ्याई छ । वोटमै भने वमोजिमको मुल्यमा स्याउ वेच्न पाइएपछि दुख गरेर वजार सम्म पुरयाउनु नपरेको चन्दननाथ नगरपालिका ३ का कासीराम भण्डारीले वताए । उनले भने व्यापारी दैनिक दिन स्याउको लागि वगैचामा पुगेका छन ।

जुम्लाको इतिहासमै वोटमा ५० रुपैया केजीमा स्याउ किसानले वेचेको यो पहिलो पटक हो । यसअघि जिल्ला कृषि विकास कार्यालयले ग्रेड विभाजन गरेर स्याउको मुल्य निर्धारण गर्दै आएको थियो